नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति काठमाडौंको अध्यक्षमा गोकर्णेश्वर ३ का भानु पौडेल

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति काठमाडौंको अध्यक्षमा गोकर्णेश्वर ३ का भानु पौडेल

कपन अनलाइन

काठमाडौं फागुन १८ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ ब्रम्हडोल निवासी भानु पौडेल नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको  राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति काठमाडौंको अध्यक्ष भएका छन्। बिगत लामो समय देखि बिभिन्न सामाजिक कार्यमा सक्रिय हुदै  आएका पौडेल सम्मुनत जालपादेबी युवा क्लबको सल्लाहकार समेत रहेका  छन   ।

युवा शक्ति कुनै पनि देशको राजनैतिक¸ आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो भन्ने मान्यता राख्दै युवाको हक हितको संरक्षण र सम्बर्द्धन गरी समुन्नत मुलुक निर्माणका लागि सक्षम नागरिक तयार गर्न तथा युवालाई सशक्तीकरण गरी युवा सम्बन्धी बिभिन्न कार्यक्रम गर्नु पर्छ  भन्ने मान्यताका साथ सक्रिय रहेका पौडेल लायन्स क्लबमा समेत आवद्द रहेका छन।  उनले कोरोना कहरको बीच होस् या अन्य समयमा रक्तदान, खाद्यान्न सहयोग,  शैक्षिक सामग्री सहयोग लगायत बिभिन्न सामाजिक कार्यमा अग्रसर हुदै आएका छन ।नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत काठमाडौं जिल्लाको राष्ट्रिय युवा परिषद जिल्ला युवा समितीको अध्यक्ष पद भार तथा सपथ ग्रहण समेत गरेका छन।

तपाइँको प्रतिक्रिया ।