श्री नव जागृति माध्यमिक बिद्यालय बौद्ध रामहिटीमा मन्टेश्वरी शिक्षक आवश्यक

श्री नव जागृति माध्यमिक बिद्यालय बौद्ध रामहिटीमा मन्टेश्वरी शिक्षक आवश्यक

कपन अनलाइन

काठमाडौँ, फागुन १७ ।  काठमाडौं महानगरपालिका वडा नं ६ बौद्द रामहिटीमा संचालित श्री नव जागृति माध्यमिक बिद्यालयलाइ एक जना  मन्टेश्वरी शिक्षक आवश्यकता  रहेको सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ ।

 

 बाल बालिकामा आफु प्रतिको आत्म बिश्वास जगाउनु, परिवर्तित समाज र अन्य ब्यक्तिहरु प्रति सकारात्मक सोचको विकास गर्दै चुनौती ,बाधा  र सफलतामा संवेगात्मक सन्तुलन कायम  गर्न मदत पुर्याउनु, सामाजिक र व्यवहारिक मुल्य मान्यताको आधारमा व्यवहारिक ज्ञान प्रदान गर्दै असल नागरिक बन्नका लागि आधारशिला खडा गरि  साना उमेर समूहका बालबालिकाहरुलाई  विविध  किसिमका मनोरन्जनात्मक  शिक्षण सिकाइ क्रियाकलापको माध्यम बाट सर्वांगीण विकास  गर्ने उदेश्यका साथ मन्टेश्वरी कक्षा संचालन गरेको उक्त बिद्यालयलाइ एक जना अनुभवी मन्टेश्वरी शिक्षक आवश्यकता रहेको प्रधानाध्यापक डम्बर राइले जानकारी गराएका छन।

  न्युनतम योग्यता  मेजर अंग्रेजी बिषयमा स्नातक उत्तीर्ण   हुनु पर्ने बेसिक कम्प्युटर र अंग्रेजी बोल्न  सक्ने हुनुको साथै सोहि पेशामा दुइ वर्षको अनुभब हासिल गरेका इच्छुक  व्यक्तिले  फागुन १९ गते भित्रमा सम्पूर्ण शैक्षिक योगताको प्रमाण पत्र सहित बिध्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ  ।पारिश्रमिक आपसी समझदारीमा निर्धारण गरिने  समेत सुचनामा  उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।