फर्पिंग र सुन्दरीजल बिद्युत गृहलाई संग्रहालयमा विकास गर्न लागेका छौ : मन्त्री रामेश्वर फुयाल

फर्पिंग र सुन्दरीजल बिद्युत गृहलाई संग्रहालयमा विकास गर्न लागेका छौ  : मन्त्री रामेश्वर फुयाल

कपन अनलाइन

काठमाडौं, फागुन १७ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर माध्यमिक बिद्यालयले  सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको अनुदानमार्फत प्राप्त  विद्यालय बस सेवाको सुभारम्भ  गरिएको छ। शुक्रबार उक्त बिद्यालय बसको बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयालले एक कार्यक्रमका बीच रिवन काटी बस सेवाको सुभारम्भ  गरेका हुन् । सो बस सेवाको सुभारम्भ कार्यक्रमलाइ सम्बोधन गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयालले  २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षति पुगेका धेरै बिध्यालय ,सम्पदा र घरहरुको  पुननिर्माणमा सरकारले तीन वटै सरकारको समन्वयमा  राम्रो काम गरिरहेको बताएका थिए।

  त्यसैगरि उनले  कोरोना देखा पर्दा नेपालको स्वास्थ्य अवस्था धेरै पछाडी रहेको समरण गर्दै एउटा मात्र नमुना परिक्षण गर्नको लागि विदेशमा पठाउने पर्ने अवस्था बाट पार हुदै अहिले देशका ८० भन्दा बढी ठाउका प्रयोगशाला बाट कोरोना परिक्षण हुने अवस्था बनेको त्यसका साथै कोरोना बिरुद्दको खोप पनि सरकारले अन्य निशुल्क खोप अभियान अगाडी बढाएको जानकारी गराएका थिए ।

 उनले देशमा  एउटाचलन रहेको जसमा   राम्रो के के भयो त्यो चर्चा नगर्ने नराम्रो के के भयो त्यो मात्र खोज्ने अवस्था छ त्यसलाई अन्त्य गर्नु पर्नेमा जोड दिएका थिए । उनले सप्रने घरको अघिल्लो दिनको सल्लाह बिग्रने घरको भोलिपल्टको सल्लाह भन्ने उखान  जस्तै राम्रो योजना विकास निर्माणको कामहरुको बारेमा अगाडी नै योजना बनाउनु पर्नेमा जोड दिएका थिए। समय घर्के पछि बनाएको योजना   सम्पन्न होला नहोला भन्न नसकिने बताए।  तीनैतहका सरकार र जनताको प्रयासले जोरपाटी-सुन्दरीजल सडक बिस्तार निर्माणको  काममा गति पैदा भएको भन्दै २०७८ साल बैशाख सम्ममा सडक बनिसक्ने उद्घोश गरेका थिए। कहिँ कहिँ अवरोधको सामना गरिरहेको जग्गा चाहि ज्यान गए नदिने  पेटी नभई नहुने भन्ने जनताको भनाइ रहेको भन्दै जग्गा नै नदिए पछि पेटी कहाँ बनाउने उनको  प्रश्न रहेको थियो । उनले  जग्गा दिएको खण्डमा पेटी  समेत बन्ने बताएका थिए  ।

  बागमती प्रदेश सरकारले शैक्षिक गुणस्तर बृद्धिका लागि अघिल्लो बर्षबाट सञ्चालन गरेको “एक विद्यालय एक नर्स” कार्यक्रम पनि प्रभावकारी देखिएको बताएका थिए ।  व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु नै आजको आवश्यकता रहेको भन्दै यसबाट देशले छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्ने विश्वास  ब्यक्त गरेका थिए ।

गाउँ–गाउँमा प्राविधिक शिक्षालय  खुल्दै छन् मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि यहीं भेटिन्छ, उनले भने   हिजो कुनै बेला तारेभिरमा  मोटर  पुग्छ  भन्दा धेरैले उल्लि बिल्ली लगाएको स्मरण गर्दै अहिले तारेभिरमा  कालोपत्रे भएको जानकारी गराएका थिए।   उनले त्यो तारेभिर  बन्न सक्छ भने बाँकी किन बन्न सक्दैन ? उनले  प्रश्न गरेका थिए ।

बागमती प्रदेश सरकारले तीन वटा छोटा सुरुंग बनाउन लागेको जानकारी दिदै त्यसो मध्ये  बुढानिलकण्ठ बाट तारेभिर मुन्तिर  गोकर्णेश्वर सम्म एउटा छोटो सुरुंग बनाउने बिषयमा योजना बनाएको समेत जानकारी गराउदै त्यसको सर्भे  शुरु गर्न लागिएको  बताएका थिए ।   सय वर्ष अघि बनेको चन्द्र ज्योति बिद्युत गृह  फर्पिंग र सुन्दरीजलको  बिद्युत गृह लाइ विश्वका मानिसहरुलाई अध्ययन गर्न आउनु पर्ने अध्ययन केन्द्रको रुपमा जीवित संग्राहलयको रुपमा बिकसित गर्न को लागि  निर्माण कार्य शुरु गर्न लागिएको समेत बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।