लाहुरेको कहानी सुसेलीमा : दुर्गा अधिकारी भमरकोट (कविता )
कपन अनलाइन
काठमाडौं ,फागुन १५ ।
मैले रोजेको
लाहुरेको कहानी
भन्नखोजेको ।
एकादेशमा
बस्थे सोझा गोपाल
आफ्नै भेषमा ।
खेल्थे वनमा
केले होलाउन्नति?
सोच्थे मनमा ।
डुल्दा नेपाल
देखे चाइनिजले
सोझा गोपाल ।
छोडे नेपाल
लगे पर्यटकले
गएगोपाल ।
एकै छिनमा
उन्नतिको खोजमा
पुगे चीनमा ।
दुःखखपेनन्
सोचे जस्तो प्रगति
गर्न सकेनन् ।
बिर्से नेपाल
चिन बाट जापान
पुगे गोपाल ।
पाएकामनी
जापानीले दिए है
भिन्नै नामनी ।
नयाँनाममा
उन्नति र प्रगति
मिल्यो काममा ।
चिल्लो कपाल
धेरैपछि नेपाल
फर्केगोपाल ।
गोपीचाउरे
डुल्यो चीनजापान
बन्यो लाहुरे ।
देखेँ पैले नी?
विदेशीहो लाहुरे
सोचेँ मैले नी ।
मीतलाउँदा
आयो पारा नेपाली
गीतगाउँदा ।
मान्छे गन्दैनन्
भन्छन् सबै लाहुरे
गोपीचिन्दैनन् ।
भन्छ पुराण
गोपालहुन् नेपाली
धेरै पुराना ।
यतै काम छ
गोपालहुन् लाहुरे
आफ्नै नामछ ।
मान्छे नेपाली
नाममात्रविदेशी
चिनहिमाली?
बुझौं साथीहो
लाहुरे भन्ने मान्छे
नेपाली नै हो ।
प्यारो गोपाल
अब बस्छ नेपाल
भाइ सम्हाल ।
कति सारो हो ?
हाम्रो आफ्नै अतित
चिन्न गाह्रो भो ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक