जीवनको सार्थकता : निर्मल रमण पराजुली (कविता )

कपन अनलाइन

काठमाडौं ,फागुन १५ ।

चन्द्रमामा दाग देख्नु
अर्काको कमाइमा
भागदेख्नु
मुर्खताको पहिचान हो
आफ्नो सामर्थता सिद्ध गर
सत्कर्म गर्ने हातखुट्टा
तिम्रो असल औजार हो
अशक्त छैनौ तिमी
आँफै उभिनसिक
कर्ममा सफलता
तिम्रो अधिकार हो
पाईला चाल कर्मपथमा
मेहनतको फल मिठो हुन्छ
सत्कर्म तिम्रो नेत्र हो
उत्तम मानब देह
प्राप्त गरेका छौ
कर्म धर्मको ज्योति छर्नु
असल चरित्र हो
सत्कर्मले जन्म सुधार्छ
परोपकारी चिन्तननै
तिम्रो बौद्धिकताको
बिम्बहो
सत्कर्म बिना
सुख पल्लवित हुँदैन
दुःख हटनु सफल जीबनको
उत्सर्ग हो
जब दुःख रुन्छ
हास्नुको अर्थ छैन
दुःख हसाउनु नै
जीबनको सार्थकता हो ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।