Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/02/151963956_987369105002851_74254714518853509_n-e1613895401533.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

श्री नव कान्ति भैरब बहुउदेश्यीय सहकारी संस्था लिमिटेड डाँछी द्वारा कृषि उपकरणहरु वितरण

कपन अनलाइन

काठमाडौँ, फागुन ९।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ मा रहेको श्री नव कान्ति भैरब बहुउदेश्यीय सहकारी संस्था लिमिटेड डाँछीले कृषि उपकरणहरु वितरण गरिएको छ । श्री नव कान्ति भैरब बहुउदेश्यीय सहकारी संस्था लिमिटेड डाँछीको समन्वयमा कृषि ज्ञान केन्द्र ललितपुर द्वारा  प्रदान गरिएको ५० प्रतिशत अनुदान कृषि उपकरण तथा सामग्रीहरु शनिबार  एक कार्यक्रमका बीच वितरण गरिएको  आयोजक संस्थाले जनाएको छ ।

संस्थाले आफ्ना कृषक सदस्यहरुलाई५० प्रतिशत अनुदानमा बितरण गरेको हो ।परम्परागत कृषि प्रणालीमा कृषि यन्त्र तथा उपकरणहरुको प्रयोगले उत्पादन बढाउन र कृषकको लागत खर्च घटाउन कृषि यन्त्र तथा उपकरणले सघाउ पुर्याउने विश्वास संस्थाले गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले प्रविधिको उच्चतम प्रयोग गरि कृषि पेशालाई आधुनिकरण गरिनुपर्नेमा जोड दिएका थिए ।  कृषि उपकरणमा हाते ट्याक्टर पम्प लगायत रहेका छन ।

तपाइँको प्रतिक्रिया ।