गजल : अनिता भण्डारी पौडेल
कपन अनलाइन
काठमाडौं ,फागुन ८ ।
किनयति धेरै मान्छेको भिड यो शहरमा
कोहीबाध्यतामा छन् कोही छन् रहरमा
कमाउने त कमाएका छन् बेफिक्रीयहाँ
नसक्नेहरु कठै मरेका छन प्रत्येक प्रहरमा
लहैलहमा छोडे गाउँ ऋण माथी ऋण बोकी
बाँझो रह्यो खेतबारी सुक्यो पानीनहरमा
गाईबस्तु हरियालीखोलानालालोप हुदैछन्
लेउ र घाँस उम्रेको छअहिले प्यारो गाउँघरमा
आफ्नै देशले दिएनखानलाखौं युवापलायन
महंगीआकाशियो खाद्यान्न डुबेको छ जहरमा ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।