गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा आयोजित स्व.गोपाल श्रेष्ठ स्मृति ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल सम्पन्न

गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा आयोजित स्व.गोपाल श्रेष्ठ स्मृति ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको  सेमिफाइनल सम्पन्न

कपन अनलाइन

काठमाडौँ, माघ ३०। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब (GFG)को आयोजनामा स्वर्गीय गोपाल श्रेष्ठ स्मृति गोकर्णेश्वर नगरपालिका ४ नं वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिताको  सेमीफाइनलका  खेलहरु सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनीस्थित ब्याडमिन्टन कोर्टमा सोमबार बाट शुरु भइ फागुन १ गते सम्म चल्ने सो प्रतियोगिताको आज भएको पहिलो सेमीफाइनल खेल विजय कुमार श्रेष्ठ र प्रेम कुमार श्रेष्ठको जोडी संग रामहरि श्रेष्ठ र हरि दास श्रेष्ठको  जोडी बीच भएको थियो। निकैनै प्रतिस्पर्धात्मक बनेको सो खेलमा विजय कुमार श्रेष्ठ र प्रेम कुमार श्रेष्ठको जोडीले रामहरि श्रेष्ठ र हरि दास श्रेष्ठको जोडीलाई २१- १० ,१६-२१ र २१- १८ अंकको दोस्रो  सेटमा पराजित गर्दै  फाइनलमा प्रवेश गरेको छ।

उल्लेख्य  दर्शकहरुको उपस्थिति रहेको  आजको दोस्रो सेमिफाइनल खेल  नवराज श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडी संग सुरेश तामाङ र राजन श्रेष्ठको जोडी बीच भएको थियो ।निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा  नवराज श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडीले सुरेश तामाङ र राजन श्रेष्ठको जोडीलाइ  २१- १७ , २१-९   र   २१ -१४ अंकको दोस्रो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

भोलि बिहान फाइनल खेल  विजय कुमार श्रेष्ठ र प्रेम कुमार श्रेष्ठको जोडीले नवराज श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडीसंग फाइनल उपाधिकोको लागि प्रतिस्पर्धा गर्ने छ भने तेस्रो स्थानको लागि सुरेश तामाङ र राजन श्रेष्ठको जोडीले रामहरि श्रेष्ठ र हरि दास श्रेष्ठको जोडी  बीच हुनेछ । आजको खेलको निर्णायकको भूमिका श्रीकृष्ण कारंजितले निभाएका थिए। नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति, काठमाडौंका अध्यक्ष  तथा  गोकर्णेश्वर युवा जागरण क्लबका सल्लाहकार समेत रहेका स्व. गोपाल श्रेष्ठको हृदयाघातका कारण निधन भएको थियो।

उनकै बार्षिक पुण्य तिथिको अवसरमा  खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै वडा बाट प्रतिभावान खलाडी उत्पादन गर्ने  र गोकर्णेश्वर नगरपालिका वडा नं ४  भित्रका ब्याडमिन्टन प्रेमीहरु लाई समेट्ने उद्धेश्यका साथ सुरु गरिएको सो  प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।प्रतियोगितामा प्रथम र दितीय हुनेलाइ टिमलाई क्रमश नगद रु १० हजार र ५ हजार सहित  ट्रफी  मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।