गोकर्णेश्वर नगरपालिकामा स्तन तथा पाठेघर क्यान्सर सम्बन्धि महिला स्वयं सेविकाहरुलाई आधारभूत तालिम सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा  स्तन तथा पाठेघर क्यान्सर सम्बन्धि महिला स्वयं सेविकाहरुलाई आधारभूत तालिम सम्पन्न

कपन अनलाइन 

काठमाडौं माघ २४।विश्व क्यान्सर दिवस ,नेपालमा पनि विविध कार्यक्रम गरि मनाइएको  छ । क्यान्सरसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिन्छ   सोहि दिवसको अवसर पारेर गोकर्णेश्वर नगरपालिकामा पनि स्तन तथा पाठेघर क्यान्सर सम्बन्धि महिला स्वयं सेविकाहरुलाई  लागि आधारभूत तालिम सम्पन्न भएको छ माघ २२ गते  अर्थात् विश्व क्यान्सर दिवसको अवसरमा जोरपाटी स्वास्थ्य चौकी आरुबारीमा सो तालिम सम्पन्न  भएको हो  ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय,   लगायत स्वास्थ्य स्वयं सेविकाहरुको उपस्थिति रहेको थियो   ।

विश्वमा प्रत्येक वर्ष  १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको विश्व स्वास्थ संगठनको तथ्यांक रहेको छ । जसमध्ये करिब ८० लाख मानिसको  मृत्यु हुने गरेको छ । नेपालमा प्रतिवर्ष २६ हजार मानिसमा क्यान्सर लाग्ने गरेको बताइएको छ । तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ । हाल नेपालमा करिब ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ ।

नेपालमा सबैभन्दा बढि देखिनेमा फोक्सोको क्यान्सर रहेको नेपाल अर्बुद रोग निवारण संस्थाको तथ्यांकले देखाएको छ । त्यसपछि आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । २२ प्रतिशत क्यान्सर भने  धुमपानका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा समयमै रोग पहिचान नहुनु र उपचारको पहुँच कम हुनु क्यान्सर नियन्त्रणको मुख्य चुनौती रहेको विशेषज्ञहरु बताउँछन् ।

तपाइँको प्रतिक्रिया ।