लायन्स क्लब अफ काठमाडौं बौद्ध द्वारा जाडोको लागि न्यानो कपडा बितरण

लायन्स क्लब अफ काठमाडौं बौद्ध द्वारा जाडोको लागि न्यानो कपडा बितरण

कपन अनलाइन

काठमाडौं माघ १९ ।लायन्स क्लब इन्टरनेसनल  डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं बौद्धको आयोजनामा जाडोको लागि न्यानो कपडा वितरण गरिएको छ। हामी सेवा गर्छौ भन्ने मुल नाराको साथमा  आइतबार  रोसी गाउँपालिका -११को भिमेश्वरी हाइ स्कूल त्यसै गरि काभ्रे जिल्ला र रामेछाप जिल्लाको दुधेश्वरी आधारभूत विद्यालय, बेलघारी र देवी आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाइ जाडोको लागि न्यानो कपडा अन्तर्गत स्वीटर वितरण गरिएको जोन चियरपर्सन भुवन पोखरेलले कपन अनलाइनलाइ जानकारी गराए।

उनले उक्त बिध्यालयमा कक्षा १ देखि   कक्षा ५ सम्म  अध्यनरत बिद्यार्थीहरुलाई ८० थान स्विटर बितरण गर्नुको साथै खाडादेवी गाउँपालिका-१, राकाथुम  कोथपे गाउँका घरपरिवार को लागि एक परिवार बराबर एक डबल ब्ल्यांकेट गरि करिब ६२ थान  स्थानिय गाउँपालिका का प्रतिनिधीको रोहबरमा र थप १८ थान कुशेश्वरमा गरी ८० थान वितरण गरिएको जानकारी गराए।

त्यसै गरि उनले १२ थान ट्रयाकशुट पनि खेलाडीहरुलाई वितरण गरिएको जानकारी गराएका छन।कार्यक्रममा लायन्स लिडर तथा सदस्यहरु सहित बिध्यालयका प्रधानाध्यापक शिक्षक बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।