राज्यमन्त्री अम्बिरबाबु गुरुङको सहयोगमा हेलिकप्टर बाट ओखलढुंगाका घाइतेको उद्दार
कपन अनलाइन
काठमाडौं ,माघ १७।
प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको सहयोगमा ओखलढुंगाको श्रीचौरका २८ वार्षिय तेन्डी शेर्पाको उद्दार गरिएको छ । रूख बाट लडेर गम्भीर गाईते भएका साविकको श्रीचौर गाविस ९ नयाँवन हाल मोलुङ गाउंँपालिका ६ निबासी शेर्पाको राज्यमन्त्री गुरुङको सहयोगमा हेलिकोप्टरबाट उद्दार गरिएको हो ।
जिल्लामा उपचार सम्भव नहुने र सडक यातायातबाट अस्पताल लैजान समय बढी लाग्ने भएको भन्दै उद्दारका लागि स्थानीयले राज्यमन्त्री गुरुङलाई आग्रह गरेपछि उनले शुक्रबार हेलिकोप्टर पठाएर बिरामीको उद्दार गरेको श्रीचौरका स्थानीय युवा पासाङ शेर्पाले बताएका छन ।गाउँबाट उद्दार गरिएका शेर्पाको टिचिङ अस्पतालमा उपचारमा उपचार भईरहेको छ।फोटो सौजन्य :भिजन समाचार
तपाइँको प्रतिक्रिया ।