नेकपा काठमाडौं महानगरपालिका -७ को अध्यक्षमा दिपेन्द्र पुडासैनी

नेकपा काठमाडौं महानगरपालिका -७ को अध्यक्षमा दिपेन्द्र पुडासैनी

कपन अनलाइन

काठमाडौं ,माघ १०

नेपाल कम्युनिस्ट पार्टी नेकपा काठमाडौं महानगरपालिका -७ को अध्यक्षमा दिपेन्द्र पुडासैनी चयन भएका छन। नेकपा काठमाडौं महानगर कमिटीको आयोजनामा भएको भेलामा महानगर कमिटी र ३२ वटै वडाहरुका अध्यक्ष घोषणा गरिएको थियो।

 काठमाडौं उपत्यकामा बामपन्थी र शैक्षिक आन्दोलनको अग्रभागमा रहेको चावहिल क्षेत्र रहेको वडा नं ७ को अध्यक्षमा चयन भएका पुडासैनी प्राध्यापन पेशामा सक्रिय रहेका छन।

काठमाडौं महानगरपालिका वडा नं ७ का सबै क्षेत्रमा संगठन विस्तार गर्दै टोल कमिटी र सक्रिय दलहरु निर्माणको अभियान शुरु गर्ने बताउदै अध्यक्ष पुडासैनीले महत्वपूर्ण समयमा प्राप्त गरेको जिम्मेवारीलाई बहन गर्न निरन्तर प्रयास गर्ने प्रतिवदत्ता व्यक्त गरेका छन

 

 

  

 

तपाइँको प्रतिक्रिया ।