युवा तथा खेलकुद मन्त्री तामाङ द्वारा प्रमुख स्काउटको रूपमा दिक्षा ग्रहण

युवा तथा खेलकुद मन्त्री तामाङ द्वारा प्रमुख स्काउटको रूपमा दिक्षा ग्रहण

कपन अनलाइन

काठमाडौं ,माघ ९ / नविना

युवा तथा खेलकुद मन्त्री दावा तामाङले नेपाल स्काउटको प्रमुख स्काउटको रूपमा दिक्षा ग्रहण गरेका छन ।

हिजो नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा आयोजित एक विशेष समारोहका बिच मन्त्री तामाङले प्रमुख स्काउटको दिक्षा लिनुभएको हो। नेपाल स्काउटको राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले प्रमुख स्काउट माननिय मन्त्री तामाङलाई दिक्षित गराएका हुन् । कार्यक्रममा राष्ट्रिय संयोजक भण्डारीले आफ्नो कार्यकालमा नेपाल स्काउटमा अधिकतम सगठनिय सुधार र स्काउटिङ्ग विस्तार भएको जानकारी दिएका थिए ।

उनले  लामो समयको संघर्ष पछि नेपाल स्काउटलाई स्थिरता तर्फ अग्रसर गराउन आफू लागिरहेको र यस अभियानमा नवनियुक्त प्रमुख स्काउटको अधिकतम् साथ र सहयोगको अपेक्षा  रहेको बताएका थिए ।

प्रमुख स्काउट  मन्त्री दावा तामाङलाई नेपाल स्काउटको बारेमा निर्देशक राम प्रसाद भट्टराईले प्रस्तुतिकरण गरेको  कार्यक्रममा मन्तव्य राख्दै युवा तथा खेलकुद मन्त्रालयका सचिब रामप्रसाद थपलियाले आफ्नो मन्त्रालय मातहत रहेका संस्था मध्य नेपाल स्काउट अग्रभागमा रहेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।