Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/141736713_683203342354826_3188948975969575440_n-scaled-e1611294045144.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/141376054_168558224673320_418542937426915615_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वरमा नेपाली कांग्रेसको वडा ब्यापी बिरोध प्रदर्शन

कपन अनलाइन

काठमाडौं, माघ ९ । प्रमुख  प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेको  हो । कांग्रेस सभापति शेरबहादुर देउवाले वडा स्तरीय प्रदर्शनमा सहभागिता जनाएर सफल बनाउन पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरे देशभर बिीओध प्रदर्शन गरिएको  हो  । सोहि अनुरुप बिहिबार गोकर्णेश्वर नगरपालिकामा पनि प्रत्येक वडा वडामा बिरोध प्रदर्शन गरिएको थियो प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य गरेको भन्दै वडा वडामा बिरोध र्याली सहित सभा गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा नेपाली काग्रेस काठमाडौं क्षेत्र नं ३  ९ नं इकाई कार्यसमितिले  आरुबारीमा पनि बिरोध प्रदर्शन गरिएको थियो नगर प्रमुख एबम नेपाली कांग्रेसका क्षेत्रीय सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बिरोध प्रदर्शनमा सत्य भामा श्रेष्ठ,

 नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दिपक रिसाल बुद्धिमान तामांग  नेपाली काग्रेस नगर समिति सचिब प्रदिप थापा,इकाई उप सभापति, राजेश कुमार केसी,सहसचिब जसोदा केसी,कोषाध्यक्ष हरिकृष्ण कारंजित, वडा सदस्य पुरुषोत्तम  थापा, गमला कुमारी परियार  नेपाली कांग्रेस  तरुण दल  नगर उप सभापति किरण पण्डित क्षेत्री, नेपाली काग्रेस  वडा नं ९  इकाई का नेपाल आदिबासी तथा जनजाति संयोजक आंगफुरी शेर्पा लगायत स्थानीयको उपस्थिति रहेको थियो।कार्यक्रम संचालन वडा अध्यक्ष राजिब थापाले गरेका थिए।

 

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनका विरुद्धमा देश ब्यापी कार्यक्रम आयोजना गर्दै आएको नेपाली कांग्रेसले  माघ ८ गते नेपालका सबै वडामा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरे अनुसार वडा नं ९ मा पनि प्रदर्शन गरेको आयोजकले जनाएको छ।कार्यक्रममा बोल्ने बक्ताहरुले  सरकारले सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र सरकार त्यसको संरक्षणमा लागेको, कोरोना नियन्त्रणमा जिम्मेवार नदेखिएको,  लगायतको मुद्दाको बिषयमा  बोलेका थिए।  उनीहरुले संसद बिघटनको निर्णय असंवैधानीक भएको दावी गर्दै अदालतमा मुद्धा परेको र अदालतले गर्ने फैसला काग्रेसलाई मान्य हुने बताएका  थिए ।

 

तपाइँको प्रतिक्रिया ।