छैटों भेट्रान कप राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिने जोरपाटीका खेलाडिहरुलाई जर्सी प्रदान

छैटों भेट्रान कप राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिने जोरपाटीका खेलाडिहरुलाई जर्सी प्रदान

कपन अनलाइन

काठमाडौं माघ ५ । हेटौडामा आयोजना हुने छैटों भेट्रान कप राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिने जोरपाटी फुटबल क्लबका खेलाडिहरुलाई जर्सी प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमका बीच वागमति प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस वागमति प्रदेश दलका सचेतक छिरिङ दोर्जे लामाले जर्सी प्रदान सहित सफलताको शुभकामना ब्यक्त गरेका थिए।

 उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी र क्लबका अध्यक्ष दिपक लामा लगायत खेलाडी र प्रशिक्षकहरुको उपस्थिति रहेको थियो। जर्सी प्रदान गर्दै बागमति प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस वागमति प्रदेश दलका सचेतक छिरिङ दोर्जे लामाले ले जोरपाटी क्षेत्र खेलकुदको राम्रो संभावना भएको क्षेत्र रहेको भन्दै  खेलकुदको विकासको लागि सुविधासम्पन्न खेलकुद मैदान व्यवस्थापनका लागि सबै स्थानीय निकाय र खेलकुद क्षेत्रले सहकार्य गर्दै अगाडी बढ्नु पर्ने आवश्यकता औंल्याए उनले त्यसको लागि आवश्यक सहकार्य र सहयोगका लागि आफू तयार रहेको बताए ।

उनले जोरपाटी फुटबल क्लब राम्रो व्यवसायिक खेलाडीहरु भएको हुदा उत्कृष्ट प्रदर्शन सहित विजय हुने बिश्वास ब्यक्त गर्दै सफलताको कामना गरेका थिए  ।

त्यसैगरी कार्यक्रममा शुभकामना ब्यक्त गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले खेलकुदको विकासका लागि वडा सबै पक्षसँग सहकार्य गर्न तत्पर रहेको बताउदै  हेटौंडामा हुनेभेट्रान कप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी हुन खेलाडिहरुलाई शुभकामना दिएका थिए ।

माघ ५ गतेबाट हेटौडामा शुरु हुने भेट्रान कप राष्ट्रिय फुटबल प्रतियोगिता माघ १० गते  सम्म चल्नेछ । देशका विभिन्न २० क्लबले भाग लिएका प्रतियोगितामा काठमाडौंबाट बौद्ध भेट्रान सहित ६ क्लबले भाग लिएका छन् ।

तपाइँको प्रतिक्रिया ।