गोकर्णेश्वर तारेभिरका सुरेश लामा वाई वाई नेपाल स्टारको फाइनलिष्ट बने (थप भोट गर्न अपिल)

गोकर्णेश्वर तारेभिरका सुरेश लामा वाई वाई नेपाल स्टारको फाइनलिष्ट बने (थप भोट गर्न अपिल)

कपन अनलाइन

काठमाडौँ, माघ ५ ।सिङ्गिङ रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ का  उपाधिका दावेदार  गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरका सुरेश लामा  फाइनलमा प्रवेश गरेका छन।शनिवार राती प्रसारित कार्यक्रम बाट उनि फाइनमा प्रवेश गरेका हुन।

प्रतिष्पर्धी  सुरेश लामाले फाइनल प्रवेशका लागि “यो गाउको ठिटो म” बोलको गीत दमदार प्रस्तुति गरेका थिए ।नेपाल स्टार सिजन १ मा टप ५ बाट ४ अर्थात फाइनलमा गोकर्णेश्वर तारेभिरका सुरेश लामासंगै    पोखराकी  एलिना गुरुङ ,ताप्लेजुङका लक्ष्मण लिम्बु, सुनसरीका सन्देश बोमजन लामा प्रवेश गरे भने पोखरा कै अमिन परियारको नेपाल स्टार सिजन १ को यात्रा टुङ्गिएको छ।

फाइनल प्रवेश गरे संगै तारेभिर आइपुगेका सुरेश लामालाइ भब्य स्वागत गरिएको सुरेश लामा  जिताऔं समितिका रामेश्वर बिष्टले कपन अनलाइनलाइ जानकारी गराए  । सुरेशले गीत संगीतमै समर्पण हुने, गीत संगीत क्षेत्रबाट समाज, मुलुकलाई योगदान दिने अठोट सहित नेपाल स्टारमा सहभागी हुदै फाइनल प्रवेश गराउन साथ, सहयोग र अभियान संचालन गर्ने सम्पुर्णलाई धन्यवाद एवम आभार व्यक्त गरेका छन ।उपाधि दिलाउन आफुलाई सक्दो भोट गरिदिन सुरेश लामाले सम्पुर्णलाई पुनःआग्रह गरेका छन ।

 सुरेश लामा जिताउ  समिति द्वारा गोकर्णमा आयोजित कार्यक्रम मार्फत सुरेश लामालाई जिताउन सबै प्रकारका प्रयासहरुलाई तिव्र बनाउने बताएका थिए ।  गोकर्ण हिल साइड रिसोर्टमा गरिएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वरका प्रतिभा उजगार हुनु सुखद भएको भन्दै त्यस्ता प्रतिभाहरुलाई नगरपालिकाले सहयोग गर्दै आइरहेको बताएका थिए गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित तारेभिरका सुरेश लामालाई जिताउने अभियानलाई व्यापक बनाउन आवश्यक रहेको भन्दै नगरपालिकाको तर्फबाट रु १ लाख सहयोग गर्ने घोषणा गरे । मेयर चालिसेले गोकर्णेश्वरको पहिचान देशै भरी फैलाउने प्रतिभाको सम्मान गर्दै प्रचारप्रसार अभियानलाई व्यापक बनाउन युवाहरुको भूमिका विशेष रहनेमा जोड दिंदै यस अभियानलाई मिलेर अगाडी बढाउन वडा अध्यक्ष लगायत नगरपालिकामा रहेका संघ संस्था, विद्यालय, समाजसेवी व्यक्तिहरुलाई आग्रह  समेत गरेका थिए  ।

सोहि कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ती नेपालले  गोकर्णेश्वर नगरपालिकामा धेरै प्रतिभाहरु रहेको र त्यो मध्ये सुरेश लामा पनि एक भएको बताएकी थिइन उनले  एकताबद्ध भएर सुरेश लामालाई जिताउन, प्रचारप्रसार गर्न र भोट दिएर सहयोग गर्न आग्रह गरेकी थिइन्  । त्यसै गरि  गोकर्णेश्वर नगरपालिकाका  प्रमुख सल्लाहकार दीपक रिसालले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल आइडल सज्जा मैनालीलाई जिताउन जस्तै सबै मिलेर सार्थक अभियानमा जुट्नु पर्नेमा जोड दिएका थिए  ।

कार्यक्रममा वडा अध्यक्षहरुको तर्फ बाट शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले सुरेश लामालाइ जिताउन सहयोग गर्न एकताबद्ध हुन सबैलाई आग्रह गरेका थिए  ।  कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ६ का नेपाली कांग्रेसका सभापति भूवन लामा,  लायन्स लिडर लायन कुमारराज सुवेदी, गोकर्णेश्वर नगरपालिका स्वयंसेवक समितिका संयोजक दीपक लामा, शिक्षा सेवी भवानी पौडेल लगायतले गोकर्णेश्वरको शान र पहिचानका लागि  पनि  सुरेश लामालाई जिताउन सबै पक्षको विचमा सार्थक सहकार्यको आवश्यकता औंल्याउँदै जितका लागि शुभकामना दिएका थिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, वडा नं. ५ का अध्यक्ष नारायणबहादुर सुवेदी , वडा नं ९ का वडा अध्यक्ष राजिव थापा, यज्ञडोल  जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल, समाजसेवी किरण बहादुर विष्ट, माधव खनाल, सुरेश लामा जिताऔं प्रचारप्रसार समितिका संयोजक गोपाल सुनाम, वडा नं. ३ का वडा सदस्य लक्ष्मण गोले, गोकर्ण प्रहरी प्रभागका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक ज्ञान कुमार कट्टेल, समाजसेवी हर्क बहादुर लामा, युवा समाजसेवी श्रीराम चालिसे ,  रोजिना बिष्ट (रोज)  लगायतको उपस्थिती रहेको थियो ।

गोकर्णेश्वर  नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै अध्यक्ष राजेन्द्र कुमार भण्डारीले वाईवाई नेपाल स्टारमा सुरेश लामालाई चौथो स्थानसम्म पुर्याउन  सहयोग गर्ने सबैलाइ  धन्यवाद व्यक्त गर्दै आफ्नो क्षमता अनुसार सहयोग गरि गोकर्णेश्वरको शान बनाउन सबै भोट गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम  संचालन समाजसेवी जयराम बिष्टले गरेका थिए । सुरेश लामालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा NS18 लेखेर 33001  मा पठाउन सकिनेछ  । साथै Nepal Television को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।