काठमाडौं क्षेत्र नं चारमा डा.राजन भट्टराईलाई राहत
कपन अनलाइन
काठमाडौं ,माघ ५।
नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद संगै स्थानीय नेता तथा कार्यकर्ता तथा जनप्रतिनिधिहरुको पक्षधरता प्रस्ट भैरहेको अवस्थामा काठमाडौं क्षेत्र नं चारमा डा .राजन भट्टराईलाई राहत मिलेको छ।
काठमाडौं क्षेत्र नं ४ मा लामो समयदेखि संगठन र राजनितिक क्षेत्रमा सक्रिय रहेका प्रभावशाली नेताहरु र जनप्रतिनिधिको साथ् पाए संगै डा. भट्टराईलाई निकै सहज भएको चर्चा काठमाडौं क्षेत्र नं ४ मा चल्न थालेको छ।
काठमाडौं महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा मिलेर बनेको काठमाडौं क्षेत्र नं ४ का अधिकांश जनप्रतिनिधिहरु नेकपा ओली पक्षमा खुलेर सक्रिय बने संगै नेकपामा मजबुत देखिएका डा. राजन भट्टराईलाई पंचायतकालिन अवस्था देखि यस क्षेत्रमा क्रियाशील रहेर काठमाडौं जिल्ला अध्यक्ष समेत भैसकेका नेकपा कन्द्रीय सदस्य निर्मल कुइकेलको सक्रियताले पनि निकै मदत्त गरेको एक बुद्दिजिविले बताएका छन।
क्षेत्र नं ४ मा रहेका महानगरपालिकाका ४ वडाको कम्युनिस्ट राजनीतिमा प्रभाव पार्न सक्ने नेताहरु नेकपा काठमाडौं महानगर कमिटी अध्यक्ष निर्मल देउला,जिल्ला कमिटी सदस्य तेज ढकाल,पुर्व क्षेत्रीय उपाध्यक्ष बिनोद रिमाल,सचिव टिका पराजुली,नेता उद्दव बडाल,भरत कार्की लगायतका नेताहरु ओली पक्षमा सक्रिय देखिएका छन।
त्यस्तै बुढानिलकण्ठनगरपालिकाका ८ वडा बाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्य सुन्दर पुर्कुटी ,केन्द्रीय सदस्य तथा बुढानिलकण्ठ प्रमुख उद्दव खरेक्ल,जिल्ला कमिटी सदस्यहरु विदुर विक्रम खड्का ,संगम गहतराज,मिठाराम अधिकारी,लक्ष्मी संग्रौला र सुशिला सिलवाल पनि ओली पक्षमा देखिएका छन।
साविक कपन गाविसका अध्यक्ष मिठाराम अधिकारी कपन क्षेत्रका तिन वटा वडाहरुमा डा. भट्टराईको अभियानमा संचालन गरे पश्चात उत्साहित देखिएका भट्टराईलाई वडा नं १३ का पुराना नेता कृष्णकाजी श्रेष्ठ,वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठ र युवा नेता टिकेस नारायण श्रेष्ठले पनि खुलेर साथ दिएका छन।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका ८ मध्ये ७ वडाका अध्यक्षहरु डा. भट्टराईको साथमा देखिएका छन भने काठमाडौं महानगरपालिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठको साथ् पाउँदा वडा नं ७ का शुद्ध डंगोल भने प्रचन्ड -नेपाल पक्षमा खुलेका छन।
बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई र पुर्व नेकपा एमालेका ९० प्रतिसत भन्दा बढी नगर कमिटी सदस्यहरु डा. भट्टराईको अभियानमा सक्रिय रहेको बताउदै एक नगर सदस्यले हाल तथस्ट र प्रचण्ड -नेपाल पक्षमा रहेका केहि नेता कार्यकर्ताहरु पनि आउने विस्वास ब्यक्त गरेका छन।
स्थानीय ,प्रदेस र संघीय निर्वाचनमा पार्टीले प्रस्तुत गरेको घोषणा पत्रमा आधारित रहेर क्षेत्रमा खानेपानी ,सडक , ढल विस्तार सहित बागद्वार देखि नागपोखरी सम्म विभिन्न कार्यक्रमहरु लिएर नियमित क्षेत्रमा सक्रिय रहेका डा. भट्टराईलाई विभिन्न वडाका बुद्दिजीवी तथा समाजसेवीहरुले पनि सहयोगको प्रतिवादत्ता जनाएको उनी निकट श्रोतले जानकारी दिएको छ।