शीर्जनशील महिला लीला चौलागाईं

शीर्जनशील महिला लीला चौलागाईं

कपन अनलाइन

काठमाडौं ,माघ १  /रमा बिश्वकर्मा

शीर्जनशील महिला लीला चौलागाईं बाकें जिल्लाकि हुन्।लिला चौलागाई  मेवादत्त उपाध्याय र तीलरुपा उपाध्यायकी  सन्तान हुन्।उनको जन्म वि.सं. २०४५/९/२५ गते जुम्ला मा भएको थियो।

बालापन देखि नै दुख कष्ट झेलेकी लीला धेरै संघर्ष गर्दै आज पनि संघर्ष गर्दै अगाडि बढेकि छिन् ‌। जस्तो सुकै परिस्थितिमा पनि नडगमगाई निरन्तर अगाडि बढ्ने लीलाको जीवन कथा एकदमै कारुणिक, कष्टकर र सन्देशमुलक छ ‌।

उनले आफ्नो जीवनमा धेरै संघर्ष गरिन् । हामिले उ बाट धेरै कुरा सिक्न सकिन्छ । चौलागाईं आज नेपालको राजधानी काठमाडौंमा मल्टिप्रपोज कम्पनी चलाएर बसेकी छिन् । उनी यो ठाउँमा आउदा सम्म धेरै संघर्ष गर्दै यो ठाउँमा आई पुगिन् । उनी एक विधवा एकल महिला हुन् । उस्को श्रीमान मृत्यु भएको अहिले सात वर्ष भयो ।

उसको एउटा सानो छोरा छन् । जब श्रीमान को मृत्यु भयो उनले जीवन धान्नका लागि धेरै श्रम गरिन् । सासु, ससुरा र श्रीमान कोही पनि नभएको लीलाले मजदुरी (ज्यामी ) काम पनि गरिन् ।

पछि वि.सं. २०७० सालमा विदेश गईन् साउदी । यसरी जीवनमा धेरै संघर्ष गरेकी लीला एक वर्ष पछि फर्किन् । १२ कक्षा पास गरेकी लीला विदेशबाट फर्के पछि वि.सं. २०७१ मंसिर नमस्ते बैङ्कमा दुई वर्ष काम गरिन् । हाल आएर विगत दुई वर्षदेखि आर्जन मल्टिप्रपोज प्राइभेट लिमिटेड कलङ्की खसीबजारमा कम्पनी चलाएर बसेकी छिन्।

” जीवनमा कसरी अगाडि बढ्नुपर्छ त्यो कुरा सिक्न लीलाको संघर्ष ले प्रेरणा दिन्छ । ”

(रमा बिश्वकर्मा सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।