कपन बहुमुखी क्याम्पसले आफ्नै भवनमा कक्षा सुरु गर्यो

कपन बहुमुखी क्याम्पसले आफ्नै भवनमा कक्षा सुरु गर्यो

कपन अनलाइन

काठमाडौं ,पुस २६।

कपन बहुमुखी क्याम्पसले आफ्नै भवनमा कक्षा सुरु गरेको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको क्याम्पसको नवनिर्मित भवनमा पुस २६ गते आइतवार देखि बिबिएस प्रथम वर्षको कक्षा सुरु गरेको हो।

हाल व्यवस्थापन र शिक्षा  विषयमा स्नातक तहमा पठन पाठन गराउदै आएको सो क्याम्पसले भवन निर्माण सम्पन्न भए संगै अन्य विषयको पनि पठन पाठन सुरु गर्ने जानकारी दिएको छ।

यस अघि बालउद्दार मावी र शिवपुरी चोकमा कक्षाहरु संचालन गर्दै आएको क्याम्पसले अवका दिनमा आफ्नै भवन बाट सबै नियमित कक्षाहरु संचालन गर्ने तयारी गरेको छ।

तपाइँको प्रतिक्रिया ।