चुनौती र अवसरको संघारमा नेकपा ओखलढुंगाका सचिव तिर्थ सुवेदी

चुनौती र अवसरको संघारमा नेकपा ओखलढुंगाका सचिव तिर्थ सुवेदी

कपन अनलाइन

ओखलढुंगा ,पुस २६।

नेपाल कम्युनिस्ट पार्टी ओखलढुंगाको भेलाले जिल्ला सचिवमा चयन गरेका तिर्थ सुवेदी चुनौती र अवसरको संघारमा रहेको चर्चा जिल्ला  चल्न थालेको छ।

नेकपा भित्र देखिएको पछिल्लो विवाद र विभाजनको अभ्यास संगै जिल्ला अध्यक्ष मोहन खड्का प्रचण्ड-नेपाल पक्षमा सक्रिय बनेपछि ओली पक्षले केदार बाबु बस्नेतको अध्यक्षतामा जिल्ला कमिटी पुनगठन गरेको थियो।

ओखलढुंगा जिल्लाका विघठित प्रतिनिधि सभाका सदस्य यज्ञराज सुनुवारको नेतृत्वमा बहुमत जिल्ला सदस्यहरु प्रचण्ड -नेपाल पक्षमा सक्रिय रहेका छन भने बालकृष्ण ढुंगेल ,अम्बिर बाबु गुरुङ ,किशोर अधिकारी ,मोहन श्रेष्ठ ओली पक्षमा देखिएका छन।

नेपाली कांग्रेसको पकड भएको जिल्लाका रुपमा परिचित ओखलढुंगामा २०७४ शालको चुनावमा बाम गठबन्धनले बिजयी प्राप्त गरेको थियो। अहिले भएको विवादमा विभाजित बनेका जिल्लाका कम्युनिस्टहरुलाई एक बनाउने र जिल्ला भर संगठन विस्तार गर्ने जिम्मेवारी बिसेष समयमा प्राप्त गरेका सचिव सुवेदी चम्पादेवी गाउँपालिकाका स्थायी बासिन्दा हुन्।

२०४३ शालमा १२ वर्षको उमेर देखि राजनीतिक गतिविधिमा सक्रिय रहेका सुवेदी २०४६ शालमा नेपाल ल क्याम्पसको प्रक सदस्य बनेका थिए भने २०५४ शालको स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित बनेका थिए।

२०५४ शालामा जिल्ला कमिटी सदस्य बनेका सुवेदी २०५८ शालामा युवा संघ ओखलढुंगाको अध्यक्ष बनेका थिए।  २०५७ शालमा पार्टीको इलाका उपसचिवका रुपमा सक्रिय रहेका उनि दुई पटक ओखलढुंगा -काठमाडौं सम्पर्क मंचको अध्यक्ष रहेका थिए।

ओखलढुंगा जिल्लाका युवा नेता खेम मिश्रको जिल्ला कमिटीमा प्रवेस संगै चम्पादेवी गाउँपालिकामा केहि राहत महसुस गरेका सुवेदीका अगाडी जिल्लाका ८ वटै तहमा आफ्नो समुहलाई बलियो बनाउने चुनौती प्रसस्त रहेको एक जिल्ला सदस्यले बताएका छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।