नेपाली कांग्रेस ओखलढुंगाका महासमिति सदस्य हंसराज वाग्ले नेकपा प्रवेस

नेपाली कांग्रेस ओखलढुंगाका महासमिति सदस्य हंसराज वाग्ले नेकपा प्रवेस

कपन अनलाइन

काठमाडौं ,पुस २६।

वैदेशिक राेजगार व्यवसायी महासंघका पूर्व अध्यक्ष हंसराज वाग्ले आफ्ना समर्थक सहित नेकपामा प्रवेश गरेका छन् । नेकपा (प्रचण्ड-नेपाल) को सम्पर्क समन्वय कमिटीले आयोजना गरेको भेला तथा प्रशिक्षण  कार्यक्रममा वाग्ले समर्थकसहित नेकपामा प्रवेश गरेका हुन् ।

अन्तराष्ट्रिय भलवल खेलाडी समेत रहेका वाग्लेले  आफ्ना देशभरका सयाैं समर्थकसहित देशलाई अग्रगमनमा लैजान नेकपा (प्रचण्ड-नेपाल) बाट राजनीति शुरु गरेकाे बताएका थिए  ।

वाग्लेलाई नेकपाका वरिष्ठ नेता झलनाथ खनाल युवा नेता यज्ञराज सुनुवार लगायतले प्रवेश गराएका थिए । सिद्धिचरण नगरपालिका ९ ज्यामिरे स्थायी ठेगाना भएका उनी काँग्रेसमा महासमिति सदस्य रहेका थिए।

तपाइँको प्रतिक्रिया ।