नेकपा नेता बालकृष्ण ढुंगेलको प्रश्न :ल्याहार्काल लामा हाम्रा हुँदा बालकृष्ण र बालकृष्णहरु किन लखेटिए ?

नेकपा नेता बालकृष्ण ढुंगेलको प्रश्न :ल्याहार्काल लामा हाम्रा हुँदा बालकृष्ण र बालकृष्णहरु किन लखेटिए ?

कपन अनलाइन

काठमाडौं ,पुस २४।

नेपाली कम्युनिस्ट आन्दोलनमा बालकृष्ण ढुंगेल निकै चर्चित पात्र हुन्। नेपालमा १० वार्स्ग सम्म चलेको शशस्त्र संघर्षको कठिन  परिणाम  भोग्ने निकै कम पात्र मध्ये बहु चर्चित पात्र हुन् ढुंगेल।

ओखलढुंगा जिल्ला बाट पहिलो संविधान सभामा निर्वाचित बनेका ढुंगेल नेपालको माओवादी आन्दोलनमा पृथक पहिचान निर्माण गर्ने नेता मध्ये पर्दछन।

तिनै ढुगेल पुन एक पटक निकै चर्चामा आएका छन । यस पटक भने उनि द्वन्दकालिन मुद्दा भन्दा पनि हाल नेकपामा देखिएको विवादका क्रममा प्रधानमन्त्री केपी ओलीको पक्षमा लागे संगै निकै चर्चामा आएका छन।

ओखलढुंगा जिल्लाको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याएका ढुंगेल ओली पक्षमा लागे संगै उनलाई सामाजिक संजाल र अन्य मध्यम बाट विरोध र समर्थन दिने क्रम निकै बढेको छ। आफुलाई  करिव २०६३ देखि जिम्मेवारी बिहिन र २०७० देखि भूमिका बिहिन बनाएको बताउने ढुंगेलले तिनै प्रतिक्रियाको जवाफ स्वरूप आफ्नो सामाजिक संजालमा सन्देस लेखेर जवाफ दिएका छन।

 

नेता ढुंगेलको संदेश :

साथीहरू म मल बनेर मुला सपार्नु भन्दा जीवन खोज्नु पर्छ भनेर जीवन खोजि रहेछु । तपाईंहरुले मेरालागि खर्चिनु भयको माया सद्भाव सहयोग र समय लाई मात्रै हिसाब नगर्नु होला ? मैले गरेको योगदान , मैले बेहोरेको अपमान मैले भोगेको यातना ?दुष्मनको यातना र लुट मात्रै होइन आफ्ना भनियका भनाइ एका बनेका र बनाइएका बाट लुटिदा समेत मैले तपाईं हरुको बिश्वास टुट्न नदिन नखपेको हैन ! तर म आज तपाईंहरु सगछैन । मलाई सराप्नु अघि क प्रचण्डलाई सोधनुस , बालकृष्ण किन हामी सग रहेन्न किन ल्याहार्काल  लामा हाम्रा हुदा बालकृष्ण र बालकृष्णहरु लखेटिएका छन ? किन उनी हाम्रा रहेनन् ? सोध्नुस् एकपटक ।

मेरालागि होइन तपाई हरु मजस्तै नहुन लाई पनि सोध्नुस् । तपाईं हरुले मेरो दिन भोग्नु नपरोस् ! मृतक होइन सहिद , द्वन्द्व होइन युद्ध , अपराधि होइन योद्धा बनाउन सफल बन्नुस्।अयोग्य  होइन योग्य बनाउन र बन्न पनि पहिला नै सोध्नुस् । जनयुद्धको पहिलो सहिद देखिन अन्तिम सहिद सबै मृतक बनेजस्तो अब के बनिन्छ ? सोध्नुस ? सहिदको रगतले मलाई होइन मृतक बनाउनेलाई सरापि रहेछ र सरापि रहनेछ।हो तेहि सोधेको राम्रो । प्रचण्ड ओलिको कार्यकर्ता बन्दा कासरि लाल थिय !

आज म बन्दा कसरी गद्दार भय !?तपाईंको मापनको कडि ले कतै म माथि फेरि अन्यायत गर्नु हुँदै छनै ! सम्झनुस ! प्रचण्ड को पछि लागेर सेर बहादुर को चुला चढेनि लाल कमल थापा बोक्दै हिड्दा पनि लाल माधवको पछि लाग्दा पनि लाल रायमाझी आयोगको प्रतिवेदन लुकाउदा पनि लाल ! एकपटक आखा उठाउनुस् र सोध्नुस् रायमाझी आयोग को प्रतिवेदन खोइ ?

लोकमान र खिलराज को खेल केहो सोध्नुस् आफु सफल बनुहवस् मलाई सरापेर आफ्नो इतिहास बनाउने समय खेर नफाल्नुस ।माया गरेर राख्ने र माया गरेर सराप्ने सबैलाई धन्यवाद । तपाईंहरु जस्तै म पनि मेरो जीवन खोजि रहेछु।मलाई जेल लादा चु गर्न समेत नसक्ने ! पार्टी एकता गरेर अपुतली खाने आसमा कुनै कमिटीमा मेरो नाम लेख्न नसक्ने !

क. प्रचण्ड अपुतली को आस टरेपछि , र आफ्नो जागिर गयपछि चिसो सडकमा पलेटि कस्दा म साथी बन्न सकिन।साथीहरू अर्को लाई गद्दार भन्दैमा आफु लाल बनिदैन ।लाल बन्ने तिर लाग्नुस् मेरो शुभकामना छ। तपाईं सफल लाल जन प्रिय बन्दा म तपाईंको फ्यान बनुला ।

तपाइँको प्रतिक्रिया ।