ओखलढुंगाका अधुरा विकास निर्माणका लागि नेपाली कांग्रेसका नेता रामहरी खतिवडाको पहल

ओखलढुंगाका अधुरा विकास निर्माणका लागि नेपाली कांग्रेसका नेता रामहरी खतिवडाको पहल

कपन अनलाइन

ओखलढुंगा ,पुस २४।

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले ओखलढुंगाका अधुरा विकास निर्माणका काम सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । मन्त्रालय पुगेका खतिवडाले विहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसँग भेट गर्दै ओखलढुंगा जिल्लाका अधुरा आयोजना तत्काल सम्पन्न गराउन ध्यानाकर्षण गराएका हुन् ।

पूर्व सांसद खतिवडाले जिल्लाका १२ वटा सडक तथा पक्की पुल लगायतका योजनाका विषयमा मन्त्री नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । साघुटार–घोराखरी–ओखलढुंगा सिलौरीघाट सडक कालो पत्रे, लिखु एकवार,मोलुङ एकवार, दुधकोशी एकवार सडक निर्माण, ढाडे–सिरिसे– रगनी–रावादोलु सडक, नवलपुर–पलापु–कोषभञ्ज्याङ्–ककनी सडक, घोराखरी–श्रीचौर सडक, मध्य पहाडी लोकमार्ग अन्तरगत बादुरा खोलाको पुल,खाङ्साङबेसीको पक्की पुल र सोखु खोला पक्की पुल निमार्णलाई तिब्रता दिन खतिवडाको ध्यानाकर्षण पत्रमा माग गरिएको छ । त्यस्तै माथिल्लो सगरमाथालाई प्रदेश नम्बर १ को राजधानी जोड्ने सडक निर्माण, मिर्चैया–कटारी– घुर्मी सडक स्तरोन्नती, खार्ते खोला पुल निर्माण,पोकतीङ्ग खोला पुल निर्माण र ओखलढुंगाको सुनकोशी र सिन्धुलीको फिक्कल गाउँपालिका जोड्ने पक्की पुल निर्माण गर्न माग गरिएको छ ।
उक्त भेटमा  भेटमा मन्त्री नेम्वाङले मिर्चैया–कटारी–घुर्मी सडक स्तरउन्नतिका लागि सरकारले आवश्यक बजेट विनियोजन गरिसकेको बताएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।