गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरुको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको तेस्रो दिनका खेलहरु सम्पन्न

गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरुको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको तेस्रो दिनका खेलहरु सम्पन्न

कपन अनलाइन

काठमाडौं,पौष २४। गोकर्णेश्वर नगरपालिका वडा नं ४मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३१औं बार्षिक उत्सबको अवसरमा आयोजित क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको बिहिबार  तेस्रो दिनको खेलहरु सम्पन्न भएको छ ।

कोरोनाको कारण खेल गतिबिधि प्राय ठप्प हुँदा प्रभावित बनेको खेल क्षेत्रलाइ चलायमान बनाउदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीच आयोजित मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको स्रो दिनको पहिलो खेल श्रीकृष्ण कारंजित र राज कुमार श्रेष्ठको जोडी संग धन श्रेष्ठ र हरिदास श्रेष्ठको जोडी बीच भएको थियो। निकैनै प्रतिस्पर्धात्मक बनेको सो खेलमा श्रीकृष्ण कारंजित र राज कुमार श्रेष्ठको जोडीले   धन श्रेष्ठ र हरिदास श्रेष्ठको जोडीलाइ २१- ११ र २१- १३ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

बिहिबार नै भएको दोस्रो खेल उमेश ढुंगाना र कमल परियारको जोडी बीच राज कुमार श्रेष्ठ र  रामजी श्रेष्ठको जोडी बीच भएको थियो ।उक्त खेलमा उमेश ढुंगाना र कमल परियारको जोडीले  राज कुमार श्रेष्ठ र  रामजी श्रेष्ठकोजोडीलाई २१- १० र २१- १४ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। त्यसै गरि बिहिबार नानी समपन्न भएको तेस्रो खेल बालकृष्ण श्रेष्ठ र ज्ञान कुमार श्रेष्ठको जोडी संग सरोज बुढाथोकी र सुमन श्रेष्ठको जोडी बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा बालकृष्ण श्रेष्ठ र ज्ञान कुमार श्रेष्ठको जोडीले सरोज बुढाथोकी र सुमन श्रेष्ठको जोडीलाइ २१-१४ र २१- ९ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

आज सेमिफाइनलका खेलहरु संचालन हुनेछ मंगलबार बाट गोकर्णेश्वर महादेव मन्दिर परिसरको कोर्टमा शुरु भएको प्रतियोगिता पौष १५ गते सम्म चल्नेछ। उक्त प्रतियोगितामा प्रथम र  दितीय हुनेले क्रमश नगद रु १० हजार ,७ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।