स्थापना दिवसको अवसरमा नेसनल प्याब्सनले शनिबार शैक्षिक अन्तरक्रिया गर्ने

स्थापना दिवसको अवसरमा नेसनल प्याब्सनले शनिबार शैक्षिक अन्तरक्रिया गर्ने

कपन अनलाइन

काठमाडौं ,पुस २२  ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसियसन नेपाल (एनप्याब्सन) ले स्थापना दिवसमा शैक्षिक स‌‌त्रको बारेमा छलफल गर्ने भएकाे छ ।

२३ औं स्थापना दिवसको अवसरमा नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको पहलमा शनिबार ‘कोभिड-१९ महामारी पछिको विधालय संचालन, नयाँ पाठ्यक्रमको सम्भाव्यता र शैक्षिक स‌‌त्रको निर्क्योल’ विषयक अन्तरक्रिया कार्यक्रममा गर्न लागेकाे संचार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिएका छन।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठकाे प्रमुख आतिथ्यतामा प्याब्सन र हिसान लगायतका शैक्षिक संगठनका नेताहरु साथै विज्ञहरु, शिक्षाविद् तथा सरोकारवालाहरु, स्थानीय जनप्रतिनिधिहरूको सहभागीता रहने श्रेष्ठले बताए ।

अन्तरक्रिया कार्यक्रममा सम्पूर्ण विद्यालयका प्रिन्सिपल, विद्यालय संचालकहरू तथा शिक्षाप्रेमीहरूलाई उपस्थितिकाे लागि अनुरोध गरिएकाे छ ।

कार्यक्रम पुष २५ गते शनिबार, बिहान ११ बजे रोयल ब्यानक्वेट तिनकुनेमा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।