काठमाडौं महानगर र मेलम्ची नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना

काठमाडौं महानगर र मेलम्ची नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना

कपन अनलाइन

काठमाडौं ,पुस २२/दिपक विक्रम देउजा

काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना भएको छ। आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापना भएको हो।एक कार्यक्रमका बीच आज दुई स्थानीयतह बीच भगिनी सम्बन्ध मा हस्ताक्षर गरेको हो ।

प्रकृति स्रोत साधनको हिसाबले नेपालको ७५३ वटा स्थानीय तह मध्य धनी स्थानीयतह मेलम्ची नगरपालिका र संघीय राजधानी काठमाडौंको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिकाबीच दुई नगरका प्रमुखले मंगलबार साँझ हस्ताक्षर आदानप्रदान गरी भगिनी सम्बन्ध स्थापना भएको घोषणा गरिएको थियो ।

काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य र मेलम्ची नगरपालिकाका तर्फबाट प्रमुख डम्बरबहादुर अर्यालले सहमतिपत्रमा हस्ताक्षर गरी दुई नगरहरुका बीच भगिनी सम्बन्ध स्थापना गरी मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्बन्ध स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरे। सिन्धुपाल्चोक जिल्ल अन्तर्गतको मेलम्ची नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेसँगै काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिकालाई दिगो विकास तथा पर्यटकीय निर्माणका लागि रु. १ करोड ५० लाख दिने घोषणा गरेको छ। उक्त घोषणको सम्झौतामा पनि दुवै नगरका प्रमुखले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार निर्माण भएको ऐतिहासिक तथा पर्यटकीय कोलीय शान्ति उद्यानको प्रवेशद्वारमा र अन्यत्र उपयुक्त स्थानमा ‘काठमाडौं महानगरपालिका र रामग्राम नगरपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत निर्मित उद्यान’ उल्लेख गर्नु पर्नेछ। हस्ताक्षरपछि सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले मेलम्ची नगरपालिका प्रकृति हिसाबले धनी पालिका भएकोले संस्कृति दृष्टिले काठमाडौं र मेलम्ची नगर बीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराएका थिए ।

उनले काठमाडौं पनि दक्षिण र उत्तर कोलियोग्राम रहेको भन्दै मेलम्ची र काठमाडौ बीचमासुमधुर सम्बन्ध हुन सक्छन् भने। शाक्यले दुई नगरका सांगठनिक स्वरूप, संस्थागत संरचना र शासकीय भूमिकालाई सवल, सुदृढ र प्रभावकारी बनाउन एकआपसका अनुभव, कार्यशैली, असल अभ्यास र महत्वपूर्ण उपलब्धिहरु आदानप्रदान गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका थिए । उनले शिक्षा, स्वास्थ्य, सहकारी तथा स्थानीय रोजगारीका क्षेत्रहरुमा हासिल गरेका उपलब्धी, सफल तथा असल अभ्यासहरुबारे एकापसमा अनुभव साटासाट गर्ने तथा सहकार्यमा नवीन सोच, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने कुरामा पनि थप टेवा पुग्ने विश्वास लिएको उनले बताए।

काठमाडौं महानगरपालिकाले यसअघि पनि अमेरिका, चीन, भारत, दक्षिण कोरियालगायत विश्वका विभिन्न १७ वटा नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ भने नेपालको जुम्लाको चन्दननाथ नगरपालिका र रामग्रम नगरपालिकासँग पनि यस अघि नै भगिनी सम्बन्ध स्थापना गरेको छ।

मेलम्ची नगरपालिकाले ले भने यस अघि इटलीको तेरन्त्रो नगर संग भगिनी सम्बन्ध राखेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले विदेशी सहरसँगभन्दा आफ्नै देशका सहरसँगका सम्भावना र चुनौती दुवै मिल्दा हुने भएकाले विदेशी नगरसँगभन्दा देशभित्रकै नगरसँग स्थापना हुने भगिनी सम्बन्ध लाभदायी हुने विचार व्यक्त गर्दै आगामी दिनमा काठमाडौ महानगरपालिका र मेलम्ची नगरपालिका बीज मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वागत मन्तव्य ‘दुई नगरबीच धार्मिक र सांस्कृतिक प्रकृतिक सामाजिक र आर्थिक सम्बन्ध दिगो हुने अपेक्षा राख्दै मेलम्ची खानेपानीको काम छिटोभन्दा सकेर काठमाडौ पठाउन अनुरोध गरेकी थिइन्  ।

कार्यक्रममा काठमाडौ महानगरपालिले मेलम्ची नगरपालिकाका प्रमुख उप प्रमुख र प्रमुख प्रमुख प्रशाशकिय अधिकृतलाई मायाको चिने प्रदान गरिएको थियोे भने मेलम्ची नगरपालिकाको तर्फबाट पनि मेलम्ची नगरपालिकामै उत्पादन गरिएको छालाको व्याग काठमाडौ महानगरपालिकाका प्रमुख,उप प्रमुख र प्रमुख प्रशाशकिय अधिकृत र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी लाई समेत मायाको चिनेे प्रदान गरिएको थियो । स्थानीयरुपमा मेलम्चीको पानी काठमाडौ छिटोभन्दा छिटो पठाउन सहयोग गर्ने मियर बिद्या शुन्दर शाक्यले अनुरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।