नेकपा रामेछाप जिल्ला कमिटी पुनर्गठन,अध्यक्षमा श्रेष्ठ र सचिवमा कडरिया

नेकपा रामेछाप जिल्ला कमिटी पुनर्गठन,अध्यक्षमा श्रेष्ठ र सचिवमा कडरिया

कपन अनलाइन

रामेछाप ,पुस २२ ।

केपी ओली नेतृत्वको नेकपाले रामेछाप जिल्ला कमिटी पुनर्गठन गरेको छ ।

पार्टी विभाजनसँगै अध्यक्ष मैनकुमार मोक्तान र सचिव शान्ति पौडेल प्रचण्ड–माधव नेपाल समूहमा लागेपछि बुधवार मन्थलीमा आयोजित कार्यकर्ता भेलाबाट नयाँ नेतृत्व चयन भएको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा भएको भेलाले अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडरियालाई चयन गरेको छ । श्रेष्ठ तत्कालिन एमालेको जिल्ला सचिव थिए ।

श्रेष्ठ र कडरिया दुवैजना विद्यार्थी राजनीतिबाट पार्टीको नेतृत्वमा गएका हुन् ।

तपाइँको प्रतिक्रिया ।