निवर्तमान प्रमुख स्काउट युवा तथा खेलकुद मन्त्री विश्वकर्माको विदाई र तामांगको स्वागत

कपन अनलाइन

काठमाडौं ,पुस १३ /नविना श्रेष्ठ

नेपाल स्काउटका निवर्तमान प्रमुख स्काउट  युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार ( विश्वकर्मा) को बिदाई र नव नियुक्त युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री एव प्रमुख स्काउट दावा तामागंलाई स्वागत गरिएको छ। नेपाल स्काउटका राष्टिय संयोजक लोक बहादुर भण्डारी र   निर्देशक राम प्रसाद भट्टाई लगायतले विदाई र स्वागत गरेका थिए  ।

सो अवसरमा  करिब ३ बर्ष कार्यकालमा माननीय मन्त्रीको अभिभावकत्वमा नेपाल स्काउटले विभिन्न एतिहासिक कार्यहरु सफलताका साथ भएको र  नेपाल स्काउटको तेर्सो राष्टिय ज्यमाबोरी, पहिलो राष्टिय रोभर मुट नेपाल स्काउटको वर्तमान राष्टिय तदर्थ समितिको गठन, बालबालिकासँग प्रधानमन्त्री, व्यापक स्काउट स्वयंसेक परिचालन लगायतका कार्यक्रममा  माननीय मन्त्री विश्वकर्माले   प्रमुख स्काउटको हैसियतले संस्थाप्रति निरन्तर सल्लाह, सुझाब, सहयोग र मार्ग निर्देशनका निम्ति हार्दिक आभार सहित उनको आगामी जीवनको सफलताको हार्दिक शुभकामना व्यक्त गरिएको थियो ।

नव नियुक्त युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री एव प्रमुख स्काउट दावा तामागंलाई  एक समारोह बिच मन्त्रालयमा स्वागत गरिएको थियो। नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले फुलगुच्छ अर्पण गरी उनलाई स्वागत गरेका थिए।

तपाइँको प्रतिक्रिया ।