कोरोनाले सुस्ताएको आन्तरिक पर्यटन चलायमान बनाउन गोकर्णेश्वर ९ को पदयात्रा
कपन अनलाइन
काठमाडौं, पौष १३ । गोकर्णेश्वर नगरपालिका भित्र रहेका पर्यटकीय सम्भावना बोकेको स्थानहरुको प्रचार तथा प्रवद्र्धनमा चासो देखाउन थालिएको छ । धार्मिक तथा प्राकृतिक महत्व समेत रहेको गोकर्ण हुदै तारेभिर- सुन्दरीजल क्षेत्र सम्मको पद यात्रा सम्पन्न भएको छ ।
शनिबार गोकर्णेश्वर नगरपालिका–९ को आयोजनामा पदयात्रा संचालन भएको हो । कोभिड १९ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउदै आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य सतर्कता अपनाउदै पदयात्रा आयोजना गरिएको गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले जानकारी गराए उनले बिगतका वर्षमा पनि गोकर्ण देखि बाग्द्वार सम्म पदयात्रा गरिएको स्मरण गर्दै यस्ता पद्यात्राले नगरपालिकाभित्रका पर्यटकीय गन्तव्यको प्रचूर सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनमा सहयोग पुग्ने बताए । वडाध्यक्ष थापाले पदयात्रामा सहभागी हुनेले प्राकृतिक वातावरणलाई नजीकबाट नियाल्ने मौका पाउने र स्वास्थ्यका लागि पनि राम्रो कसरत हुने बताउदै । सो क्षेत्रलाई ठूलो पर्यटकीय क्षेत्रका रुपमा विकास गराउन पदयात्राको आयोजना गरिएको प्रस्ट् पारेका थिए ।
काठमाडौँको आरुबारी स्थित गोकर्णेश्वर नगरपालिका वडा नं ९को कार्यलयबाट शुरु भएको पदयात्रा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका पेरिफेरी जगडोल तारेभिर हुदै सुन्दरीजल सम्म पगेको थियो । पदयात्रामा समाजका विभिन्न क्षेत्रका करीब १५० जनाको सहभागिता रहेको थियो । पदयात्रा कार्यक्रमको शुभारम्भ गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे टिसर्ट वितरण गर्दै शुभारम्भ गरेका थिए ।
उक्त कार्यक्रम शुभारम्भ गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै स्वास्थ्य सतर्कता अपनाउँदै थालिएको यस्ता कार्यक्रमले पर्यटन क्षेत्रको पुनःउत्थान हुने बिश्वास ब्यक्त गर्दै गोकर्णेश्वर नगरपालिकाका बिभिन्न वडामा रहेका धार्मिक ऐतिहासिक तथा प्राकृतिक सम्भावना बोकेको क्षेत्रका गन्तव्यको बारेमा प्रचारप्रसार गर्न सके सुस्ताएको पर्यटन विस्तारै लयमा फर्किने विश्वास व्यक्त गरेका थिए । आन्तरिक पर्यटन पुनःउत्थान गर्ने यस्ता कार्यक्रम फलदायी हुने बताएका थिए । शुभारम्भ कार्यक्रममा वडा समितिका पदाधिकारी गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगायतको उपस्थिति रहेको थियो ।