ताजा जनादेशका लागि निर्वाचनमा जानु उत्तम : प्रदेस सभा सदस्य नारायण सिलवाल
कपन अनलाइन
काठमाडौं ,पुस १२ ।
काठमाडौँ क्षेत्र नं ५ ‘क’ बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य नारायण सिलवालले ताजा जनादेशको लागि निवौचनमै जानु उत्तम विकल्प भएकोले सबैले स्वीकार गर्नुपर्ने जिकिर गरेका छन ।
काठमाडौं क्षेत्र नं ५ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिलवालले २०५१ मा मनमोहन अधिकारीको अल्पमतको सरकारले अविश्वास प्रस्ताव गरिसकेपछि संसद् विघटन गरेकाले सो निर्णय अदालतले बदर गरेको उदाहरण दिँदै अहिले भने फरक परिस्थिति रहेको बताएका थिए ।
वि सं २०५१ मा अल्पमतको सरकार थियो, त्यसमा पनि अविश्वास प्रस्ताव पेस भइसकेको थियो, त्यसैले त्यो अवस्थामा अदालतले संसद् विघटन निर्णय बदर गरिदियो, अहिले भने बहुमतको सरकारले गरेको निर्णय अदालतले समेत सदर गर्ने विश्वास छ,’ सिलवालको तर्क थियो ।
वर्तमान सरकारले धेरै विकास निर्माणका काम गरेको जिकिर गदृै उनले सकारात्मक कामको प्रचार हुन नसकेको गुनासो गर्दै राम्रो कामको प्रचार गर्दै चुनावमा होमिन उनले कार्यकर्तालाई निर्देशन दिएका थिए ।