रित्तो खाम :तिलक पोखरेल (कथा )
कपन अनलाइन
काठमाडौं ,पुस ११ ।
मानिस ठूलो उमेरले हैन सोचाईसे हुँदो रहेछ । बचपनमा जन्मजात घुमिने घरहरू हिजआजका दिनहरूमा कालो अहंकारले तर्काउँदो रहेछ । पहिला पहिला साधारण घुमफिरमा पनि सम्बोधन रहेको साईँला दाईको घर यस पल्टको दशैंमा म जान विर्सीएको थिएँ ।
साईँला दाइ लाई जहिले पनि दुई ठाउँमा भेटीने गरिन्थ्यो । कहिले भट्टीमा त कहीले मन्दिरमा । मादकपदार्थ भगावानले नरूचाए पनि साईँला दाई भने भगवानलाई माया गर्थे र गाउँका ठीटाहरूलाई स्थानीय मन्दिरको सेवा र माया गर्न सिकाउँथे । मानिसहरू अचम्मका हुन्छन् काम बाँडेर गरे पनि फल एक्लै खान खोज्छन् । गाउँलेहरू मन्दिरको कामहरूमा साईला दाईलाईलाई रोजीवालाझै अह्राउँथे र केही बैठकहरूमा भने निमन्त्रणा गरेका हुँदैनन् । तर साईंला दाई नामले नभई कामले प्यारा भएको हुदा गाउँका कोपीलाहरू उनैसँग रमाउथे ।
म पनि पहिला पहिला साईला दाईसंग केही समय बिताउँथें । कारणवस समयको कमले यस पटक उसलाई विर्से जस्तो भएको थिए । पहिला मलाई देख्नासाथ नबोलाई अंगालो हाल्ने साईंला दाईले आज नबोलाउँदा मैले बोलाउन याद गरिन । साईंलादाईको गाउं र युवाहरूलाई प्राथमिकता दिने स्वभावले उसकी श्रीमतीले छोडेकी थिइन् । एक्लै बस्थे साइंला दाई । एउटै वंशबाट फलेकालाई मात्र आफन्त भन्दैन । आफ्नो भलो चाहने र खुल्ला सुझाउ दिने सबै आफन्त हुन् । साईंला एक्लो भए पनि सबैले परिवार मानेका व्यक्ति धेरै थिए । धनको गरीब भए पनि सबैको मन पगाल्ने प्रेमको धनी थिए । म आफ्ना भनौदाहरूको तेलको आर्शीवाद थाप्दा थाप्दै घर पुग्दा रात छिप्पी सकेको थियो । घर पुग्दा आमाले साईंलादाइले याद गर्नुभएको विषय जानकारी दिंदी म झसगं भएँ र केही मिष्टान्न बोकेर गएँ । साईंलादाई ढोकामा पर्खी रहेका थिए । देख्नासाथ नमस्कार गरें र त्यस्को जवाफमा ‘मलाई थाहा थियो जसरी भए पनि तैंले मलाई विर्सीन सक्दैनस् भनेर’ साईंला दाईलाई थाहा थियो आमाले सम्झाएर मात्र मैले उसलाइ सम्झेको हुं भनेर । तर आफ्नो चित्त बुझाउन सक्नेले मात्र अरूको बुझाउन सक्छन भन्थे पहिला पहिला साईंला … त्यहीं निती पालन गरे जस्तो छ ।
भगवान स्थानको अगाडी बचपनको झैं बसें र ल्याएको पोको दिंदै सोधें
‘दाइ सञ्चै ?’ जवाफमा
‘साले ….तं त ठूलो भएचस्….’
‘किन दाइ ?’
‘तैंले ल्याएको त्यो मिठाई कस्लाई खिलाउने ? सुन्दैथें भोली फर्कीहाल्छस् रे …..अब सबै ठूला भएको देख्दा म पो……’
मेरो फोन बज्यो । कोही साथिले रात्रीभोजको लागि बोलाएकोमा मैले अस्वीकार गरें र फोन झारें ।
‘हो दाइ म भोली फिर्दैछु । काममा त्यत्ती छुट्टी मिल्दैन’
‘म बुझ्छु ….कहिलेकाहीं तेरी आमाले आएर सुनाउँछे । बधाई छ’
कुन समयमा भरीएको आंसु हो साईंला दाइको मलाई थाहा भएन । मैंले नदेखेंझैं गरें उसले आँसु पुछेको । त्यहीं हातले टीका मुछेर बचपनझैं आर्शीवाद दिए र एउटा खाम दिंदै भने ।
‘ठूला भएछौ क्यार तै खाम पनी तेरै आमासंग मागेर ल्याएको तर भनिन की तंलाई दिन भनेर हा हा हा’
उता फर्केर आसुलुकाई हांसेका साइला दाई । मैले ढोगें र खाम खोलेर हेर्दा रित्तो थियो । मैले जिस्काउँदै भने ‘दाइ खाम रित्तो छ’
‘तंलाई मेरो पैसा गन्हाउला केटा तर याद गर त्यहां मैले केही नोट पक्का हालेको थिएं …..तंलाई पर्खिंदा पर्खिदै दुई बोतल सकियो’
लजाउँदै भनेका थिए इमाम्दारीका साथ । तर म त्यो खाम सुमसुमाउँदै थिएं । मेरा नयनबाट आँसुहरू हाँस्दै खसे । जे होस् मलाई भनि साचेको दक्षिणाले साईंलाको प्यास त मेटीयो । मलाई झन खुसी लाग्यो र भनें ‘दाइ म जान्छु भोलीको सफर छ ।’ दाइको जवाफ नमिल्दै मेरो खुट्टाहरू हिंडी सकेका थिए । मायाले भरिएको रित्तो खाम बोकेर हिंडेको थिएँ अ‘ासु खसाल्दै ।
म रक्सि नखाए पनि त्यो खाममा टांसिएको केही गन्ध भने मैले स्वीकारेको थिएं किनकी त्यो साईंला दाइको जुठो थियो । हाम्रो समाजमा व्यक्तिगत र व्यावसयिक फरक नराखि सबै मुछिदिंदा कोही समाज प्रेमी व्यक्तित्वहरूलाई समाजले गुमाएको महसुस गरेको छु । रित्तो खाम …. खाम मात्र नभई त्यहाँ केही सन्देश भरिएको थियो । रित्तो खाम मात्र नभई कसैको पश्चातापको अनुभवहरू थियो ।
यदि द्वय शिर्षकलाई अलग राखेर वातावरणले मौका दिए साईंला दाइको जीवनले पक्का पनि नयां सास फेर्थो होला । कसैको गुण या पौरखीलाई समाजले मान्यता दिए समाजले पनि काँचुली फेर्थ होला ।
रित्तो खामले सोचाईमा ल्यायो । म घर पुगें र त्यो खाम बेगमा हालें र सुतें त्यहीं खामलाई दशैंको शुभकामना दिएर ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक