फर्किन्छ कि फर्किदैन : पवनकुमार बुढाथोकी (कविता )
कपन अनलाइन
काठमाडौं ,पुस ११ ।
एक फेरि फेरे पछि स्वास
थाहा छैन
फेरी त्यही नलीमा
उहीँ गति र प्रबाहमा
फर्किन्छ कि फर्कदैन !
नदीको पानी
बगीसके पछि
त्यही ठाउँमा
उहीँ रूपमा
बग्छ कि बग्दैन !
तर मान्छे न हो
त्यही माथि
मान्छेको मन
बारम्बार एउटै कुरा
संझिरहन्छ
पछाडि फर्किरहन्छ
फेरि पनि दोहोरिन्छ कि त
त्यो पल भनि
आषा गरिरहन्छ
त्यो अबिस्मरणिय क्षणका लागि
फेरि पनि ढुकिरहन्छ !
यस्तै यस्तै किसिमले
मान्छेको मन र मस्तिष्क
चलिरहन्छ !
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।