कपन साहित्य समाजको “कसास यात्री सम्मान ” संस्कृतिविद तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिने

कपन अनलाइन

काठमाडौं ,पुस ५।

नेपाली साहित्यको उन्नयनमा विसं २०६१ शाल देखि सक्रिय रहेको कपन साहित्य समाजले प्रदान गर्दै आएको  “कसास यात्री सम्मान ” यस वर्ष संस्कृतिविद तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गर्ने निर्णय गरेको छ।

सम्पूर्ण नेपालको भ्रमण गरेर नेपाली साहित्य ,कला ,संस्कृति र मौलिक जनजीवनलाई समेटेर सयौ पुस्तक सिर्जना गरेका सर्जक पूर्णप्रकाश नेपाल “यात्री”को स्मृतिमा स्थापित सो सम्मान  रु १०,००१  राशीको रहेको छ।

हरेक वर्ष कविता क्यालेन्डर र कपन दर्पण प्रकासन गर्दै आएको समाजले  संस्थापक संरक्षक यात्रीको स्मृतिमा सभा कक्ष  निर्माण गर्नुका साथै कपन क्षेत्रको शिक्षा ,साहित्य र समाजसेवामा अतुलनीय योगदान पुर्याएका यात्रीको सम्मानमा पुस्तक पनि प्रकासन गरेको छ।

तपाइँको प्रतिक्रिया ।