धम्कि दिनेलाई कारवाही गर्न र प्राकृतिक दोहन रोक्न बुढानिलकण्ठका संचार माध्यमहरुको माग

कपन अनलाइन

काठमाडौं ,पुस ५ ।

धम्कि दिनेलाई कारवाही गर्न र प्राकृतिक दोहन तत्काल रोक्न बुढानिलकण्ठका संचार माध्यमहरुको माग गरेका छन ।बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा निर्वाद रुपमा भैरहेको प्राकृतिक दोहनका विरुद्धमा कलम चलाउदा भूमाफियाहरु बाट स्थानीय पत्रकार केशव राज पाठकलाई आएको धम्किका वारेमा ध्यानाकर्षण गराउदै  त्यस्ता गतिविधिमा रोक लगाउन स्थानीय संचार माध्यमका प्रतिनिधिहरुले नगर प्रमुख उद्दव खरेल र उपप्रमुख रमा राई समक्ष माग गरेका छन।

बुढानिलकण्ठ नगरपालिकाका स्थानीय संचार माध्यमहरु कपन अनलाइन ,काठमाडौं खबर , बीएसजी न्युज ,एच टिभी खबर  र पशुपति टाइम्सका प्रतिनिधिहरुले नगर प्रमुखलाई भेटेर नगरपालिकामा भैरहेको बालुवा,माटो निकासी ,गैरकानुनी रुपमा संचालन भैरहेका बालुवा वासिंग र अस्फल्ट प्लान्ट बन्द गराउन माग गरेका हुन।

उक्त अवसरमा सहभागी रहेका संचारकर्मीहरुले नगरपालिकाको प्राकृतिक सम्पत्ति दोहन गर्ने भूमाफियाको गिरोह संग अप्रिय साठगाठ गर्ने जनप्रतिनिधि र कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याएर कारवाही गर्नका लागि नगर प्रमुख समक्ष माग गरेका थिए।

सो अवसरमा संचारकर्मीहरु संग कुरा गर्दै नगर प्रमुख खरेलले यस विषयमा नगर कार्यपालिकाको स्पस्ट निर्णय हुदाहुदै  कतिपय वडाका जनप्रतिनिधिहरुले त्यसको अबज्ञा गर्दै आफुखुसी गरेको गुनासो आएको जानकारी दिएका छन।यस्ता गम्भीर प्रकृतिका अख्तियार दुरुपयोगका विषयमा निर्वाद कलम चलाउन आग्रह गर्दै प्रमुख खरेलले गलत कार्यमा संलग्न जो सुकै भएपनि उनिहरुको कर्तुत सार्वजनिक गर्न अनुरोध गरेका थिए।

त्यस्तै उपप्रमुख रमा राईले कतिपय स्थानमा अनुगमनका क्रममा समस्या आएको बताउदै आगामी दिनमा त्यसलाई प्रभावकारी बनाउदै गलत कार्य रोक्ने प्रतिवदत्ता ब्यक्त गरेकी थिइन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।