बौलाहाको बकपत्र : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,पुस ४।
काजी म हूँहजुरले किनभन्नु पाजी?
सद्दे म हूँहजुरले किनभन्नु आधी?
लेख्दैछु मै कलमले सररर्र पानो
सारा भएपतनचित्त गरेर सानो ।
दिन्छन् अनेककिनऔषधि?भो म खान्न
दौडेर जाँच्नकिनजानु कदापिजान्न
ठूला भनेर अब मानदिइन्नफुट्टी
को रोक्छ मन्दिर पसौँ कि म जाउँभट्टी?
नेताभएँ अब पुग्यो, दिनरात ढाँट्न
मेलो मिले त अब डाक्टर बन्छु जाँच्न
को भो र सज्जन बरेर ? छ देश उस्तै
सक्छन् भने सकलउच्चबनुन् म जस्तै ।
यो पेट पाल्नु छ भनीकतिकामगर्ने?
बाँच्यो सधैँ भन त को ?कतिबिध्नचर्ने ?
मै झैँ स्वतन्त्र बन नित्यबुझीभलाई
बिग्य्रो गयो नभनभो कहिल्यै मलाई ।
सद्दे बनेर दिन–रात कुदेर के भो ?
घोकेर पाठ सब साथ बसेर के भो ?
झारेर के छ जगमाभनआँसु तर्र
जिब्रो चपाइकिनबस्नु म भन्छु फर्र ।
भो जान्छु जान्छु म जतातिर त्यैँउज्यालो
कालो म छैन तर दृष्टि न राखकालो
जे जे गरेँ सकलकानुननै पढेर
बौलाउँदै छ कि भनी त्यसरी नहेर ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक