रहस्यमय बन्दै बुढानिलकण्ठका पत्रकारलाई भूमाफियाको धम्कि प्रकरण

रहस्यमय बन्दै बुढानिलकण्ठका पत्रकारलाई भूमाफियाको धम्कि प्रकरण

कपन अनलाइन

काठमाडौं ,पुस ३।

बुढानिलकण्ठका पत्रकारलाई भूमाफियाको धम्कि प्रकरण निकै रहस्यमय बन्दै गएको छ। बुढानिलकण्ठ नगरपालिकाको प्राकृतिक सम्पत्तिको अपचलन र दुरुपयोगका वारेमा सामचार लेखेको भन्दै दुई जना नकावधारीहरुले स्थानीय पत्रकार केशवराज पाठकलाई धम्की दिएको तिन दिन भैसक्दा पनि अझै ति ब्यक्तिहरु पक्राउ नपर्नु निकै रहस्यमय र अर्थपूर्ण भएको चर्चा अहिले बुढानिलकण्ठ नगरपालिका भारी चलेको छ।

बुढानिलकण्ठ ,गोकर्णेश्वर ,टोखा लागयतका नगरपालिकाहरुमा नागो रुपमा प्रकृति माथि दोहन र सार्वजनिक सम्पत्ति दुरुपयोगको विरोधमा कलम चलाउदै आएका स्थानीय संचार माध्यम र तिनका प्रतिनिधिहरुलाई भौतिक कारवाहीको चेतावनी सहित धम्कि आउनु प्रेस स्वतन्त्रता र सत्यको लडाई माथि प्रहार भएको भन्दै सरोकारवाला निकायमा उजुरी पश्चात कारवाही अगाडी बढे पनि परिणाम भने आएको छैन।

धम्की दिएपश्चात पछिल्लो समय समाचार लेखिएको जग्गाका धनिहरु संग प्रहरीको उपस्थितिमा भएको छलफलमा उनीहरुले आफ्नो संलग्नता अस्विकार गरे संगै कसको संलग्नता र आदेशमा उक्त धम्कि दिइयो भन्ने विषय अहिले खोजको विषय  बनेको छ।

सामुदायिक बन क्षेत्र नजिक जग्गा विकासका नाममा प्राकृतिक दोहनले पारेको पर्यावरणीय अशरका वारेमा सार्वजनिक बहस गर्दा राजधानीको सम्मुनत नगरपालिका दावी गरिने बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को जंगल क्षेत्रमा धरपकडको शैलीमा बुंदागत चेतावनी दिइनु खेदजनक रहेको विभिन्न पेशागत र राजनीतिक दलले बिज्ञप्ति जारी गरिसकेका छन।

काठमाडौंका काठ क्षेत्रमा ब्यापक दोहनका वारेमा स्थानीय संचार माध्यमहरुले खुल्ला बहस चलाए संगै तरंगित र उत्तेजित बनेको प्राकृतिक सम्पत्तिमा निर्वाद रजाई गरिरहेको गिरोह बुढानिलकण्ठ नगरपालिकाले सम्पूर्ण कार्यमा रोक लगाए संगै संचार माध्यम प्रति आक्रामक बनेको पत्रकार केशव पाठक बताउछन।

उक्त घटना आकस्मिक नभई लामो समय अध्ययन गरेर सुनियोजित रुपमा भएको  अनुभव भएकोले आफुले सम्पूर्ण कानुनी उपचार खोजेको भन्दै पत्रकार पाठकले पर्यावरण र प्रकृति माथिको प्रहारका विरुद्ध सधै कलम चलाइरहने बताएका छन।

स्थानीय संचार माध्यमले शुरु गरेको बहस सार्वजनिक सरोकारको मुद्दा बने संगै जग्गा विकास ,उत्खनन र बालुवा माटो ओसारपसारमा बुढानिलकण्ठ नगरपालिकाले रोक लगाए संगै यसको प्रभाव गोकर्णेश्वर नगरपालिकामा पनि परेको थियो।

गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा निर्वाद रुपमा भैरहेका प्राकृतिक दोहन रोक्न नगरपालिकाले कडा कदम चाल्ने संकेत पाएर तिल्मिलाएको सो गिरोहले हतास भएर धम्किको सहारा लिएको हुन् सक्ने गोकर्णेश्वरका एक संचारकर्मीको धारणा रहेको छ।

कुनै पनि किसिमका गलत कार्यको विरुद्ध निरन्तर कलम चलाउनु संचारमाध्यमको दायित्व हुनुका साथै त्यसको लागि सहज र प्रभावकारी वातावरण बनाउनु स्थानीय सरकारको दायित्व रहेको बताउदै उनले यस्तो संवेदनशील विषयमा स्थानीय सरकारहरुको आधिकारिक धारणा नआउनु दुखद भएको धारणा राखेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।