मिठो जिन्दगी: विशुकुमार केसी
कपन अनलाइन
काठमाडौं ,पुस ४।
समयको जाँतोमा
उमेरको मकै पिधेर
जिन्दगी,
धुलो पिठो बनाएको छु ।
अलिकतीतिम्रो माया
अलिअलि रहरहरु मुछेर
जिन्दगी,
थोरै मीठो बनाएको छु ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।