पाँच हाइकु र एक छोटो कविता : कणाद महर्षि

पाँच हाइकु र एक छोटो कविता : कणाद महर्षि

कपन अनलाइन

काठमाडौं ,मंसिर २०।

१. भाइरस हो
बिगार्ला जथाभावी
वातावरण ।

२. करायो काग
पाहुना कोरोना भो
आँगन शून्य ।

३. शक्ति विवाद
समय बरबाद
कोरोना के भो !

४. अशान्ति बढ्यो
हिँस्रकलाई ठोक्न
आयो कोरोना ।

५. भन्छ कोरोना
आफूखुसी आएको
जाउँला आफै ।

कविता

भोकले…
मुखमापट्टीलागेको छ
ढोकामाआग्लो
के गर्नु
भोकले बन्दनभन्दो रहेछ
पुर्याई  हाल्यो चितामा
र बाल्यो आगो ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।