इतिहास : सुजन तिमल्सिना (कविता)

इतिहास : सुजन तिमल्सिना (कविता)

कपन अनलाइन

काठमाडौं ,मंसिर २०।

कति लेखिए मेरा
इतिहासका कथाहरू
तर, ती कथा इतिहासले मात्र पढ्न पायो ।
ताकि न त महिले नै पढ्न पाए,
न त तिमिले नै ?
इतिहास बदल्न चालेका
मेरा पाईलाहरू
पानीमा ढुङ्गा चलेझैं सबै मेटिदै गए ।
कति शिलालेखहरू घरको गाह्रोमा गासिए ।
एकाध दिनमा ती लेखिएका
इतिहासका पानाहरू नेपाली कागजको अभावमा फेरि
मेसिनमा पेलिए ।
स्वयं म मेरो इतिहासका
प्रतिलिपीहरू खोजी रहे, खोजी रहे ।
तर, आज म आफ्नो
इतिहास बिर्सिएर
आफू स्वयं इतिहासमा
परिणत हुँदै छु ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।