टोखामा सम्पदा बस्ती विकासका लागि अन्तरक्रिया

कपन अनलाइन

काठमाडौं ,मंसिर १४/नविना श्रेष्ठ

ऐतिहासिक टोखा नगर  क्षेत्रलाई प्राचीन मौलिकता सहित ‘टोखा सम्पदा बस्ती’का रुपमा विकास गर्नेगरी तयार हुँदै गरेको गुरुयोजना बारे छलफल भएको छ ।

गुरुयोजना तयार गरिरहेको टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितले  परामर्शदाता प्रस्तुत गरेको प्रारम्भिक डिजाइन माथि टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति तथा स्थानीय बुद्धिजीवीबीच छलफल गरिएको हो ।

सो  छलफल कार्यक्रममा टोखा इन्जीनियरिंग एसोसिएशनका प्रमुख अष्ट श्रेष्ठ, नविन महर्जन,आईटी इन्जीनियर अशोक डंगोल, टोखा नगरपालिका वडा नं-२ का वडा अध्यक्ष दिपकराज जोशी, टोखा नगरपालिका वडा नं-३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ, भुपु गाविस अध्यक्ष कसिनारायण श्रेष्ठ, सदस्यहरूमा हरिमान श्रेष्ठ,हेरकाजी डंगोल, राममाया नेपाली , नेवा गुठी टोखाका अध्यक्ष रमेश नापित , गणेशमान श्रेष्ठ, मनिराज डंगोल सदस्यमा प्रकाश डंगोल , स्वकिय सचिव दीपेन्द्र श्रेष्ठ, स्थानीय समाजसेवी नेता अष्ट नारायण डंगोल सहितका टिमले टोखा बस्तीलाई सम्पदा बस्तीका रुपमा विकास गर्न लागिएको जानकारी दिएका थिए।

टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको कार्यशाला गोष्ठीमा ऐतिहासिक टाेखाका विभिन्न बिधाका ७ वटा समुहहरुमा (१) गित संगीत , बाजागाजा संरक्षण तथा दस्तावेज, संयाेजकमा- हेमराज श्रेष्ठ , (२) ऐतिहासिक वस्ति तथा तलेजु मन्दिर परिसर समूह,संयाेजकमा – देवराज डंगोल,( ३) भुटखेल परिसर समूह ,संयाेजकमा सुर्यमान डंगोल ,(४) गलेपार्क परिसरसमुह , संयाेजकमा- राष्ट्रमान श्रेष्ठ (५)सपनतिर्थ परिसर समुह ,संयाेजकमा- अष्टनारायण डंगोल ,(६) चण्डेश्वरी परिसर समुह ,संयाेजकमा- समीर श्रेष्ठ ,(७) सरस्वती परिसर समुह संयाेजकमा- राधेश्याम श्रेष्ठ,समुहहरुको गठन गरि सो  बृहत कार्यशाला गोष्ठीबाट सुझाव संकलन गरिएको थियो।

समुहहरुको गठन गरि बृहत कार्यशाला गोष्ठीबाट आएको सुझाव माथी टिप्पणी तथा निक्र्योल समुहका संयाेजक सत्यनारायण डंगोलले संकलन गरिएका सुझावहरुलाई टिप्पणी गरेका थिए । सो टिप्पणी तथा निर्क्यौल  समुहमा टाेखा नगरपालिकाका वडा २ का अध्यक्ष दिपकराज जोशी र ३ वडा का अध्यक्ष सिंहराज श्रेष्ठ , रमेश नापित , मनिराज डंगोल र प्रकाश डंगोल रहेका छन्।

कार्याशाला गोष्ठीमा टोखा नगरपालिका उप – मेयर ज्ञानमाया डंगोलले टोखा सम्पदा बस्ती पुनर्निर्माणका लागि सबैसंग हातेमालो गर्दे एकताबद्द रूपमा बढेको खण्डमा मौलिकता  झल्काउने गरी टोखा नगरी बनाउन सकिने बताएकी थिइन्।

उपप्रमुख  ज्ञानमाया डंगोलले  अनुसार टोखा सम्पदा क्षेत्रमा बन्ने घरको अगाडिको भाग नेवारी मौलिक ढाँचामा बनाउन शुरूमा २० लाख रुपैयाँ सहयोग गरेको र  पछि यसलाई बढाएर त्यहाँको पूर्वाधार निर्माणका लागि प्रत्येक बस्तीलाई ५२ लाख रुपैयाँका दरले बजेट उपलबध गराएको जानकारी दिएकी थिइन् ।

(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

 

तपाइँको प्रतिक्रिया ।