पर्वतीय खेलकुद महासंघको चौँथो साधारणसभा सम्पन्न
कपन अनलाइन
काठमाडौं ,मंसिर १४।
Nature, Adventure र Culture संग सम्बन्धित खेल संघहरुको महासंघ Mountain Sports Federation-Nepal को चौँथो साधारणसभा सम्पन्न भएको छ । कोभिड—१९ को समस्यालाई ध्यानमा राख्दै जुम माफत भएको सो साधारणसभामा १५ सदस्यसंघका प्रतिनिधिहरु, सातवटै प्रदेशकापदाधिकारीहरु, खेलकुद रदीगोपर्यटनका विज्ञ तथा खेलाडी÷अफिसियल समेतको सहभागिता रहेको थियो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश कुमार सिलवालको प्रमुखआतिथ्यतामा शुरु भएको कार्यक्रममा महासंघका महासचिव संजिवकुमार पाण्डेले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष गोविन्द भट्टराईले आगामी कार्यक्रम र कोषाध्यक्ष किसनअग्रवालले सो कार्यक्रमको लागि बजेट प्रस्तुत गरेका थिए ।
साधारणसभाको उद्घाटन गर्दै राखेपका सदस्य सचिव सिलवालले नेपाल शाहसिक तथा पर्यटकीय खेलको विश्व कै केन्द्र बन्ने सम्भावना रहेको हुँदा महासंघले त्यस तर्फ ध्यानदिनु पर्ने सुझाव दिएका थिए ।
उनले २०२२ मै नेपालमा शाहसिक तथा पर्यटकीय खेलकुदको वार्षिक महोत्सब समेत आयोजनागर्न सकिने हुँदा महासंघले आजै देखि त्यसको लागि तयारी गर्न थाल्न समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा नेपालओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले अब महासंघले दिर्घकालिन रणनीतिका साथ अगाडी बढ्नु पर्ने बताएका थिए ।
त्यसतै इन्स्टिट्युट अफ स्पोर्ट्स साइन्स एण्ड रिसर्च नेपालका उपाध्यक्ष तथा राखेपकाबोर्ड सदस्य रिम बहादुर रानाभाटले महासंघको सकृयता अन्य संगठनले पनि अनुकरणिय मान्न सक्ने विचार व्यक्त गरेका थिए ।
साधारणसभामा शुभकामना दिदैँ हिसानका सचिव रामहरी सिलवालले विद्यालय र कलेज खेलकुदका आधारभूमि भएकोले राखेप तथा महासंघले सहकार्यको प्रस्ताव गरेमा आफु सदैव तयार रहेको बताएका थिए ।