मैले पढेको नयाँ किताब: कुञ्जल शुभेच्छु लुइटेल ( बालसाहित्य )

कपन अनलाइन

काठमाडौं ,मंसिर १३।

मैले कम्तिमा पनि हप्ताको एउटा नयाँ किताब पढेर पुस्तक समीक्षा लेख्दै आएको छु । आज कविताराम श्रेष्ठको चित्रकथा जुजु–हीरा
दिनुहोला ।

जुजु—हिरा:
जुजु—हिरा कविताराम श्रेष्ठको चित्रकथाको किताब हो । यस किताबलाई डा. चूडामणि बन्धुले सम्पादन गर्नुभएको छ । यस किताबमा राजुबाबु शाय शारबले बनाएका रमाइला रमाइला चित्र छन् । यो किताब रुम टु रिड काठमाडौँले २०६० सालमा प्रकाशन गरेको हो यस किताबमा ४० पेज रहेका छन् । यसका हरेक पेजमा राम्रा राम्रा चित्र र थोरै थोरै भषा रहेको छ । यहाँ भएका चित्रमध्ये आवरणको चित्र र भित्रका प्रायः त्रिहरु मनपर्ने खालका छन् । गाउँलेहरुसँग कथाका नायक नायिका बिउ बोकेर पुगेको चित्र बढी मन पर्यो ।
जुजु–हीरा दाजु बहिनीको कथा हो । दाजु जुजु र बहिनी हीरा हुन् । उृनीहरुकी हजुरआमा हुनुहुन्छ । बिहान खेलेर बसिरहेका बेला उनीहरुले हजुरआमाहरुको कुरा सुन्छन् । हजुरआमाले भन्नुहुन्छ अब गाउँमा आगलागी भएर सबै बिउबिजन मासियो । अब नयाँ वन लगाउन विरुवा रोप्नु पर्छ । विरुवा रोप्नका लागि बिउ
चाहिन्छ । बिउ जति सबै मुसाको राज्यमा छ । अब तिमीहरु गएर बिउ विजन लिएर आऊ भन्नुहुन्छ । उनीहरु हजुरआमाको सल्लाहअनुसार बिउ लिन मुसाको देशमा जान्छन् ।
मुसाको राज्यमा पुग्दा ढोका बन्द थियो । त्यसलाई दाजु बहिनीले फुटाए । उनीहरु भित्र जाँदा भुसको थुप्रो थियो । उनीहरु त्यो थुप्रो पन्साउँदै अगाडि बढे । उनीहरुका बाटामा चमेराहरु उल्टो भुन्डिएर बसेका थिए । जुजुले लाठीले चमेरा धपायो । त्यसपछि उनीहरुका अगाडि एउटा राक्ष्स आयो । राक्षसलाई लाठीले हिर्काउन खोज्दा जुजुको लाठी भाँचियो । राक्षसले जुजुलाई समायो । जुजुले भाँचिएको लाठी राक्षसको मुखभित्र कोचिदियो । राक्षसको मुख आँको आँ भयो । हीराले पनि राक्षसलाई लाठीले हिर्काई । राक्षसले क्षमा माग्दै बाटो छोडिदियो । जुजु र हिरा अगाडि बढेँ । उनीहरु सबैभन्दा माथि पुगे ।
उनीहरुलाई देखेर मुसा भागे । जुजु र हीराले आफूलाई चहिने बिउ लिए । उनीहरुले दुई पोका बिउ लिएर बाँकी मुसालाई छोडिदिए । उनीहरु बिउ बोकेर सरासर घर आए । उनीहरु आउँदा हजुरआमा र गाउँलेहरु बाटामा उनीहरुलाई कुरिरहेका थिए । जुजु र हीराले बिउका पोका बोकेर आएको देखेपछि हजुरआमा र गाउँलेहरु खुसी भए ।
जुजु–हीरा कथाले दुई जना मिलेर गरे अफ्ठारो काम पनि गर्न सकिन्छ भनेर सिकाएको छ । यस कथाले साना मान्छेले पनि ठुला काम गर्न सक्छन् भन्ने कुरा सिकाएको छ । यस कथाले बालबालिकाले आफ्ना अभिभावक र गाउँलेलाई सघाउन सक्छन् भन्ने कुरा सिकाएको छ ।
यस कथाको भषा सजिलै पढ्न सकिन्छ । त्यस्तो अफ्ठ्यारो केही छैन । चित्रहरु प्नि राम्रा र बुझिने
छन् । यस किताबमा केही पाता आधा पेजका र केही पूरा पेजका छन् । त्यसो गरिएकाले दाजु बहिनी हिँडेर गएको बाटो पहिल्याउन अझ सजिलो भएको छ । चित्र हेरेरै धेरै कुरा बुझ्न सकिन्छ । राम्रो किताब लेखेकामा लेखकलाई धन्यवाद । बुझिने चित्र बनाएकामा चित्रकारलाई पनि।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।