बेरोजगारको त्यो र यो १२१ दिन (लघुकथा )

बेरोजगारको त्यो र यो १२१ दिन (लघुकथा )

कपन अनलाइन

काठमाडौं ,मंसिर १२ /अमर तिवारी 

चारै तिरबाट कालो देखिन थालेको थियो, आज तीन महिना पछि कम्पनीले अब तलब दिन सक्दिन, अर्को काम खोज्नु नभए नेपाल जानु भन्ने पत्र पठाएछ । कालो मात्र होइन झ्यापै अँध्यारो भयो, पत्र हातमा परेपछि त झनै केही पनि देखिएन।

आज ३ महिना भएछ कोरोना भन्ने भाइरस फैलिएको पनि, यही कोठामा बसेको खाएको र सुतेको, अरु त खै के गरियो र ? कोरोना ले १/२ हप्ता त होनि भन्ने लागेको थियो, सुरुमा बन्द हुँदा त मज्जाले खर्च गरियो, भोज, मोज सबै गरियो, बिस्तारि दिन बढ्दै गयो, हप्ता, महिना हुँदै महिनौ बन्द भयो । अब अचानक यो पत्र आयो, हे दैव कस्तो दसा लागेको मलाई ।

कहाँ जाऊँ, कसले काम देला ? नेपाली दूतावासमा सम्पर्क गर्न खोजेको, फिटिक्कै फोन उठ्दैन, नेपाल सम्बन्धी सबै जस्तो संघ संस्थामा सम्पर्क गरेर अर्को कामको लागि हर गुहार गरियो, यस्तो बेला मा कसले सहयोग गर्ने, अब भएन नेपाल जाने मेसो मिलाउनु पर्यो भन्दै कोठा बाट बाहिर निस्केको, ओहो कर्फु पो लागेछ । अर्का को देश मा यस्तो अवस्थामा त्यसमा पनि कर्फु । बरु कोठामा नै बस्नु पर्यो, फर्के । लौ फसाद अब के गरु .. ।

आज बेरोजगारी भएको दिन, अब पैसो आउने बाटो छैन, नेपालमा पनि केही छैन, के गर्नु, …दिन रात एकै लाग्न थाल्यो। पीडा हुन थाल्यो, पोल्न थाल्यो लौन अब के गर्नु, न जागीर छ, न आफ्ना कोही छ, न त पैसो नै छ, हे ईश्वर कस्तो दिन आयो । त्यो तनाव झण्डै ३० दिन सम्म लम्बियो, केही सीप लागेन, अनन्त यताउती गरी नेपाल नै जाने निदो गरे, नेपाल मेरो देश, मेरो भाषा, मेरो भेस, मेरो ठाउँ, अब केहि न केहि नेपाल मा नै गर्छु, भैङ्कर जोस आयो। यसो उसो गर्व भयो, प्रधानमन्त्री रोजगार कार्यक्रम छ, नभए हामी जस्तालाई १० लाख सम्म बिना धितो ऋण नै दिने कर्यकर्यम पनि रहेछ, नभय किसान को छोरो अध्यायमा खेत बारी लिएर भएपनि खेती किसानी नै गरिन्छ नी ।

के को टन टन, आ नेपाल नै जान्छु, जे पर्ला पर्ला लौ… । जागर चल्यो । फुर्ती पानी आयो । ओहो २ पो बजेछ, ओछ्न बाट उठियो, मज्जाले नुहाइयो, “बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्” भन्ने गीत गुनगुनाउदै लुगा फेरियो । आज बल्ल फ्रेश भइयो, जे भएपनि नेपाल जाने हो, अब विदेश कहिले आइदैन । दह्रो सङ्कल्प गरियो ।

ला झल्यास्स भए, हैट आज त तलब आउने दिन थियो, बेरोजगार भएको पनि ३० दिन कटेछ । बिना काम ३ महिनाको भत्ता र बिना तलब/भत्ता को ३१ दिन, जम्मा १२१ दिन, ओहो कसरी बित्यो, यत्रो दिन ।

यसरी बसेर भएन, न काम पाइन्छ न दाम नै आउँछ, जति छिटो नेपाल जानु पर्यो । आफ्नै देश प्राण भन्दा प्यारो छ । मेरो मातृभूमि, अब कहिले विदेश जान्न, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पशुपति तिर फर्केर कसम खाइयो । अब फर्केर कहिले विदेश गइँदैन । दिन आज भोलि गरेर यतपनी धेरै दिन भएछ बैदेशिक रोगारीबाट फर्केको पनि । कोरोना को कहरमा आफ्नै देशमा बाँच्ने/मर्ने भनेर टिकट को पनि ३ गुना पैसो तिरेर नेपाल आएको थिए, तर आज १२१ दिन वितिरहदा अत्यास लागकेको छ ।

के गर्ने, कतै केही छैन झनै अँध्यारो भयो । यो आठ महिना, हरेक दिन पीडा, हरेक दिन कहाली लाग्दो हुँदै गयो, अँध्यारोमा अँध्यारो भयो र आँखा आगाडी पूर्ण कालो भएको देख्न थालें। दिन बित्दै गयो, ऋण बढ्दै गयो, प्रधानमन्त्री रोजगार कार्यकम त खै, विनो धितो ऋण पनि खै, अर्काको खेत वारी भाडामा/अध्यायमा गर्ने पनि सबै प्लटिङमा गरेर घडेरी बनाएछन्, त्यो पनि खै ।

अब के गर्ने । मिनेट, घण्टा दिन ओहो कति गाह्रो भएको समय बिताउन । आफ्नै देश मा पनि यता गाउँपालिका, स्थानिय नेता, साथीभाइ, इष्टमित्र सबै संग सरसहयोग मागियो, सक्ने ले दिए नसक्ने ले आश्वासन दिए, कसैले सहयोग गरे कसैले बाटो देखाए । १२१ दिन यसरी नै बितेछ, अब त माग्ने या आस गर्ने ठाउँ पनि छैन, भन्ने मान्छे पनि छैनन, जाने ठाउँ पनि छैन, वैदेशीक रोजगार बन्द छ, स्वरोजगार छैन, काम छैन, हे ईश्वर यो एउटै कुराे कति गर्नु, के गर्नु, मनमा कुरो खेल्यो, विदेश जान्न भन्ने कसम खाएको छु । कसम किन खाएछु? लौन टाउको दुख्यो, पीडा भयो, डर लाग्यो, एक्लै भएको महसुस गरे, मर्नु पो पर्छ छ कि क्या हो। उपाय केही छैन हे ईश्वर, हे भगवान, किन यस्तो कमजोर भय म, किन यस्तो नराम्रो विचार आएको हो यो ।

म जस्तो शक्तिशाली, निडर, मेहनती कर्मठ केटो लाई मर्ने कुराे, हैट….., अब त्रिभूवन विमानस्थलमा पो कसम खाएको हो त मैले, रक्श्वल/वीरगन्जमा कसम खाएको त होइन नि । मेरो मित्रराष्ट्रमा संसारकै धेरै कोरोना भएको भए पनि के भयो त? हामी जस्ता सजिलै अटाउँछन्, कोरोना न सोरोना, यहाँ रोग भन्दा भोक ले ज्यान जाने भो । आ जाने हो अब, कसम त मैले नेपालको एरपोर्ट मा पो खाएको हो ।

मन दरो बनाए, अब जाने हो, सलाम ठोक्ने हो, बहादुर हुने हो, के को भिसा, के को राहदानी, के को स्वाथ्य परीक्षण, यत्रो दिनको बेरोजगार पछिको ठाडो भर्ती, “बहादुर गोर्खे” । अब म बेरोजगार छैन, मेरो त्यो र यो १२१ दिन विरोजगरिहुनुको पीडा, अब छैन, म अब रोजगारी भए, म खुसी भए। जय मेरो मित्रराष्ट्र ।

तपाइँको प्रतिक्रिया ।