नेपाली कांग्रेस ओखलढुंगा वीपी स्मृति भवनमा सर्यो

कपन अनलाइन

ओखलढुंगा ,मंसिर ११।

नेपाली कांग्रेस ओखलढुंगा आज बाट  वीपी स्मृति भवनमा सरेको छ। ओखलढुंगा जिल्लाको राजनीतिक इतिहासमा निकै ठुलो योगदान पुर्याएका बलबहादुर राई ,गोपाल राई ,होमनाथ दाहाल लगायतका नेताहरुले आश्रय स्थलको रुपमा प्रयोग गरेको घर रहेको स्थलमा निर्माण गरिएको सो भवनमा साइत अनुसार सरेको नेपाली कांग्रेस ओखलढुंगाले भवनको भव्य उदघाटन भने परिस्थिति अनुकुल भए संगै हुने जानकारी दिएको छ ।

१ करोड ७ लाखको लागतमा निर्माण गरिएको ४ तल्ले भवन रहेको सो स्थानमा २०४८ शाल देखि नै नेपाली कांग्रेस ओखलढुंगाको कार्यालय रहेको जानकारी दिदै  नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य रामहरी खतिवडाले सो भवन निर्माणमा जिल्ला सभापति प्रदिप सुनुवार,पुर्व सभापतिहरु महेस कुमार कोर्मोचा र गोमा केसीको महत्वपूर्ण योगदान रहेको बताएका छन।

राजनीतिक शहिदहरुको भुमि ओखलढुंगामा नेपाली कांग्रेसको इतिहास र गौरव संग जोडिएको स्थलमा पार्टीका कार्यकर्ता,सुभचिन्तक र सहयोगीहरुको योगदानमा सो भवन निर्माण गरिएको जानकारी दिदै जिल्ला सभापति प्रदिप सुनुवारले ३ हजार भन्दा माथि सहयोग गर्ने व्यक्तिहरुको नाम कार्यालयमा राखिने शिलालेखमा लेखिने बताएका छन।

सो कार्यालय शुभारम्भका अवसरमा संविधानसभा सदस्य रामहरि खतिवडा, सभापति प्रदीपकुमार सुनुवार, पुर्व सभापति महेस कोर्मोचा ,गोमा केसी ,उपसभापति तेजेन्द्र खनाल,सचिव रुद्र अधिकारी ,भवन निर्माण समितिका संयोजक कुमारबहादुर श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

 

 

तपाइँको प्रतिक्रिया ।