खबरदार : ऋषभदेव घिमिरे (कविता )

खबरदार : ऋषभदेव घिमिरे (कविता )

कपन अनलाइन

काठमाडौं ,कार्तिक १ ।

घरद्वारबाट
मसाललिएर निस्कनु पर्ने भएको छ
एउटै स्वरले गुञ्जाउनु पर्ने भएको छ
बैरो सरकार बिरुद्ध
कानधर्काउने आवाज
हातमा उठादै
सदाचारीको तस्बिर अङ्कित प्लेकार्ड
ऐक्यबद्धतामा निकाल्नु परेको छ
शान्तिपूर्ण दबाबको जुलुस
तोडनु पर्ने भएको छ
निषेधाज्ञाका सिमारेखाहरू
घेर्न तम्तयार हुनु पर्ने बेला आएको छ
सिंहदरबारको बाटो
बचाँउनआमा र काखको बालक
सर्वसुलभ बनाउन शिक्षा र स्वास्थ्य
बोकेर हातमा निसानाको खड्ग
जोगाउनु परेको छ गोबिन्दको शरीर
र, साकार बनाउन एकजुट हुनु पर्ने भएको छ
सत्याग्रहका सपनाहरू

सरकार तिमी किन हुन सक्दैनौं
जनताको अभिभावक
किनदिन सक्दैनौ
बिरामीलाई जीवनजल
किनफुत्काल्न सक्दैनौ
माफियाका छद्मभेषी चङ्गुलहरू
सायद सत्ताको मुटु नभएर होला
शासकीय सम्वेदना नहुने भएर होला
कानुनको मात्रहोइन
सायद शासकको पनि आँखा
अन्धो हुने भएर होला
मौन व्रतिमा छन सत्ताह?
मौन तर ससक्त एउटा चिकित्सकको
आवाजले न्यायनपाएर
रोइरहेका छन स्लाइनका बोतलहरू
निरास छ सिरिन्ज
उच्च तापमा पनि
चिसिएको छ थर्मामिटर
मौन अस्पतालका सैय्याबाट
निस्किएको आर्तनादले
किन दुख्दैन सरकार तिम्रो मुटु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।