Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120536091_643341383030939_7021186022641101490_o-e1601786855319.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/120454036_643341133030964_4208957225674743263_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं २ मा नयाँपाटी बृहत खानेपानी आयोजना उदघाटन

कपन अनलाइन

काठमाडौं,असोज १८। गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटीमा नयाँपाटी बृहत खानेपानी आयोजनाको  उदघाटन भएको  छ। गोकर्णेश्वर नगरपालिकाको  आर्थिक सहयोगमा निर्मित उक्त नयाँपाटी बृहत खानेपानीको नगर प्रमुख सन्तोष चालिसेले शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।

उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं २ का अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्री,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, वडा सदस्य कृष्ण हरि श्रेष्ठ ,माया तामाङ, सरस्वती सुनार,नेपाली कांग्रेस काठमाडौं क्षेत्र न ३ क्षेत्रीय कोषाध्यक्ष किरण के. सि,नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ ईकाई समितिका सभापति प्रेम प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

करिव १ करोड ५० लाखको लागतमा निर्मित उक्त  नयाँपाटी बृहत् खानेपानी योजनाको गोकर्णेश्वर नगरपालिका प्रमुख  सन्तोष चालिसेले  रिवन काटेर उदघाटन गर्दै यो नयाँपाटी खानेपानी आयोजना गोकर्णेश्वोर नगरपालिकाको लगानीमा निर्माण भएको  खानेपानीको पहिलो ठूलो आयोजना भएको बताए ।उनले आयोजना निर्माणको क्रममा धेरै सास्ती खेप्नु परेको स्मरण गर्दै अब वडा नं २ ले खानेपानीको लागि समस्या नहुने  बिश्वास ब्यक्त गरे। उनले धेरै विकास निर्माणका काम पनि वडा नं २ मा गरेको समेत बताए। उनले सडकको काम पनि अघि बढेको बताउदै भित्रि सडक वडा नं २ मा बनाउनुपर्ने धेरै नरहेको पनि बताए ।

तपाइँको प्रतिक्रिया ।