कोरोना रोकथाम संगै विकास निर्माणको निरीक्षणमा कागेश्वरी मनोहरा नगर प्रमुख कृष्णहरि थापा
कपन अनलाइन
काठमाडौं असोज ५। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा नगरमा भएका विकास निर्माणका कामहरुको अनुगमनमा केन्द्रित भएका छन ।कोरोना रोकथाम तथा जोखिम न्यूनीकरणका साथ साथै विकास निर्माणलाइ पनि गति दिने उदेश्यले उनले पुन टोल टोलमा मेयर अभियानलाइ सुचारु गरेका हुन । उनले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ मा भए गरेका विकास निर्माणको निरीक्षण गर्नुको साथै बिकासका कामहरु गुणस्तरिय र दिगो हुनुपर्ने भन्दै स्थानीय संग छलफलमा केन्द्रित भएका हुन् ।
निर्वाचन दौरानमा प्रमुख थापाले जनता संग गरेको प्रतिबद्धतालाइ पुरा गर्नको लागि जनताको माझमा पुगेका हुन् । आफ्नो पांच बर्षे कार्यकालको दौरान तीन वर्ष सम्म नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न केन्द्रित भएका नगर प्रमुख जनताको माझमा पुगी भए गरेका काम प्रगती र आगमी दिनमा गर्न पर्ने योजनाको बारेमा समेत छलफल गरेका थिए ।
उनि संगै कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी पनि सहभागी भएका थिए ।