गोकर्णेश्वर नगरपालिका ४ को उपभोक्ता समिति गठन समबन्धि सुचना
कपन अनलाइन
काठमाडौं, असोज ५ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले उपभोक्ता समिति गठन गर्ने समबन्धि सार्वजनिक सुचना जारि गरेको छ वडा अध्यक्ष श्री कुमार श्रेष्ठ द्वारा जारि उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा आर्थिक वर्ष २०७७/ ७८ का योजनाहरुको कार्यन्वयन तथा सम्झौताका लागि उपभोक्ता समिति गठन गर्नुपर्ने भएकोले निम्न मिति, समय र स्थानमा उपस्थित हुनको लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको उल्लेख गरिएको छ ।
१) चौतरा इटिचोक शान्ती कुन्ज मार्ग स्तरोन्नतिको लागि विनियोजित रकम सात लाख रहेको जसको लागि चौतरा लक्ष्मी श्रेष्ठको घर अगाडि २०७७ साल असोज ८ गते बिहान ७:३० बजे उपस्थित हुन अनुरोध गरिएको छ ।
२) जुगल हिमाल टोल सडक ढुंगा सोलिंग तथा ढलानका लागि विनियोजित रकम दश लाख रहेको जसको लागि जुगल हिमाल टोलमा अगाडि २०७७ साल असोज ८ गते उपस्थित हुन अनुरोध गरिएको छ।
३) मयूर मार्ग बाटो स्तरोन्नतिका लागि विनियोजित रकम दश लाख रहेको जसको लागी मयुर मार्गमा २०७७ साल असोज ९ गते बिहान ७:३० बजे उपस्थित हुन अनुरोध गरिएको छ ।
४ ) माकलबारी मितेरी मार्ग विश्व नेपालको घर सम्म सडक स्तरोन्नतिका लागि विनियोजित रकम सात लाख रहेको जसको लागी मितेरी मार्ग विश्व नेपालको घर अगाडी २०७७ साल असोज ९ गते बिहान ७:३० बजे उपस्थित हुन अनुरोध गरिएको छ ।
५ ) सलाखिटार तामाङ मार्ग स्तरोन्नतिका लागि विनियोजित रकम तीन लाख रहेको जसको लागि सलाखिटारमा २०७७ साल असोज १० गते बिहान ७:३० बजे उपस्थित हुन अनुरोध गरिएको छ ।
६ ) डोखा टोल बाटो स्तरोन्नतिका लागि विनियोजित रकम रु पांच लाख रहेको जसको लागि डोखा टोल गणेश स्थानमा २०७७ साल असोज १० गते बिहान ७:३० बजे उपस्थित हुन अनुरोध गरिएको छ ।