यस्तो पो नेता :शंकर भारती

यस्तो पो नेता :शंकर भारती

कपन अनलाइन

काठमाडौं ,भाद्र १३।

प्र.ज.ग. कोरियाको इतिहाँसमा अत्यन्त महत्वपुर्ण दिनहरू मध्य अगष्ट १५ र अगष्ट २५को दिनलाई पनि मानिन्छ । यसदिनलाई कोरियनहरू अत्यन्त महत्वपुर्ण राष्ट्रिय दिवसको रूपमा मनाउने गर्दछन । यी दुवै दिनले गर्दा नै आज कोरिया विश्वका शक्तिशाली राष्ट्रहरूबीच अर्काे एउटा शक्तिशाली राष्ट्रको रूपमा वश्व सामु उभिन र विश्को जस्तै शक्तिशाली राष्ट्रको अगाडि पनि शिर नझुकाई ठाडो गरेर प्रस्तुत हुन सकेको छ ।
सन १९१० देखि १९४५ अगष्ट १५ अगाडिसम्म ३५ वर्ष कोरिया जापानको शक्तिशाली दानवी पन्जा भित्र दासको रूपमा रहनुपरेको थियो । त्यसबेलाका शासकहरूलाई नै दास बनाउन सफल भएको जापानले कोरियाको हरेक नीति, नियम, कानुन र प्रशासन आदि सम्पूर्ण क्षत्रमा पुरै हस्तक्षेप गरेर आफु अनुकुलको नीति नियम कानुन निर्माण गरि वा गर्न लगाई कोरियामाथि अनधिक्रित रुपमा कब्जा जमाएर शाशक साथै तेहाँका जनतालाई दास सरह बनाईरहेको थियो जस्ले गर्दा कोरियन जनताले एउटा स्वतन्त्र र स्वाधिन देशको जनताको हैसियतमा उभिन पाएका थिएनन ।

प्रशासन, प्रहरी र देशको हरेक उच्च पदहरूमा जापानिजहरूकै बोलाबाला थियो, सबै ठाँउमा उनिहरू नै थिए कोरियनहरूको कुनै अधिकार थिएन जसले गर्दा उनिहरूले धेरै दुख पाईरहेका थिए ।
सन् १९३९ देखि सुरु भएको द्वितीय विश्वयुद्धमा जापानले विश्वका धेरै राष्ट्रहरूलाई आच्छु आच्छु खेलाएर युद्धमा जितदै अघि बढिरहेको थियो विश्वयुद्ध जस्तो भिषण युद्धमा सामेल भएर जित्दै जित्दै अघि बढिरहेको जापानजस्तो शक्तिशाली राष्ट्रलाई हराएर जापानको दानवी पन्जा बाट आफ्नोदेश कोरियालाई स्वतन्त्र र स्वाधिन राष्ट्र बनाउनु भनेको कारियालाई मात्र होईन विश्वका कुनै पनि राष्ट्रको जनतालाइ असम्भव थियो तसर्थ कोरियाको लागि पनि यो असम्भव थियो ।
यस्तो असम्भवलाई पनि सम्भव बनाएर आफ्नो भाग्य आफैले बनाउने हो अरु कसैले बनाउदैन भन्ने जुछे जस्तो महान बिचारको अवलम्बन र अनुसरण गर्दै जापानिजहरूलाई हराएर कोरियालाई एक स्वतन्त्र र स्वाधिन देशमा परिणत गर्ने महान व्यक्ति हुन आँटिला, दुर्दर्शी, रणकौशल पुर्ण र महान नेता कमरेड किम ईल सुङ ।

उनैको बहादुरी र कुशल नेतृत्वले जापानलाई हराउदै सन १९४५ अगष्ट १५ तारिखका दिन आफ्नो देश कोरियालाई सदियौँको दासताबाट मुक्त गराई एक स्वतन्त्र र स्वाधिन राष्ट्रको रुपमा परिणत गरे । त्यसैले सम्पुर्ण कोरियनहरूले यस अगष्ट १५ को दिनलाई एउटा विशेष राष्ट्रिय पर्वको रूपमा मनाउँदै कमरेड किम ईल सुङलाई अभिभावक र मुक्तिदाताको रुपमा सम्झने गर्दछन ।
त्यसैगरि अगष्ट २५ लाई पनि ठुलो राष्ट्रिय पर्वको रूपमा लिईन्छ कोरियामा । यो त्यही मितिहो जुन मितिमा कामरेड किम इल सुङका पुत्ररत्न कामरेड किम जोङ इलले विजयको लागि आर्मी र हतियार प्रमुख कुरा हुन योविना, निहु खोज्ने अर्काे कुनै ठुले शक्ति वा साम्राज्यवादीहरूलाई हराउन असम्भव छ भन्दै आज भन्दा ६५ वर्ष अगाडि सोनगुन नीतिको प्रारम्भ गर्नुभयो ।

सोन को अर्थहो पहिले र गुनको अर्थ हो हतियार वा सैनिक । आज उहाँका पुत्ररत्न प्र.ज.ग.कोरियाका महान नेता मार्सल किम जोङ उनले उहाँहरूद्वारा प्रारम्भ गरिएको जुछे र सोनगुन नीतिलाई हुबहु अवलम्बन गरि अघि बढिरहेकै कारण आज कोरिया विश्वमानचित्रमा एक अदम्य साहस, हौसला भएको र उन्नतिको शिखर चढदै गरेको एक शक्तिशाली राष्ट्रको रुपमा अगाडि बढिरहेको छ । जसको अगाडि कुनै पनि शक्ति वा साम्राज्यवादी शक्ति निर्धक्क भएर पौठेजोरी गर्नै सक्दैनन ।
आज भन्दा ७५ वर्ष अगाडि पृथ्वीको मानचित्रमा भएका कैयौ ठूला र शक्तिराष्ट्रहरू टुक्रिइसके आफ्नो पहिलेको नाम गुमाईसके तर ७५ वर्ष अघि दासको रूपमा रहेको शक्तिहिन देश कोरिया भने अझ पूर्णचन्द्र र उदाँउदै गरेको सूर्य झै झन भन्दा झन जाजल्वमान हुँदै विश्व मानचित्रमा एक दरिलो र शक्ति सम्पन्न राष्ट्रको रूपमा आफुलाई उभ्याउन सफल भएको छ । यो सबै हुनमा यिनै तीन महान नेताको शाहस, आँट, हिम्मत र दुर्दर्शिता नै मुख्य कारण हुन ।
यिनै कारणहरूले गर्दा आज कोरिया र कोरियन जनता मात्र होइन विश्वका सबै साम्यवादी मुलुक र जनता यस्तै नेताको आकाङक्षा राख्दै, यो अगष्ट १५ र अगष्ट २५लाई धुमधाम साथ मनाउने गर्दछन् ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।