रनभुल्ल (कविता)

रनभुल्ल (कविता)

कपन अनलाइन 

काठमाडौं ,श्रावण ३२ / सुरज पौडेल 

म रनभुल्ल छु
रनभुल्ल छ मेरो वर्तमान
मेरो स्वाभिमान
मेरा सिद्धान्तहरु
यथार्थहरु
रनभुल्ल छन्
मेरा स्वार्थहरु।

खै, केको खोजिमा छु
के को पर्खाईमा हो
अल्झाई
उल्झाई
ओल्टाई
पल्टाई।

बिचरा सिरानिहरु
बुने कति रनभुल्ल कथाहरु
रनभुल्ल रातहरुमा
आखाँ नपल्टाई
परेली नझिम्काई
कति आए
कति गए
रनभुल्ल सपनाहरु ।

 

तपाइँको प्रतिक्रिया ।